शितगंगाका किसानले यस वर्ष १ करोड रुपैयाँ अनुदान पाउने

शितगंगाका किसानले यस वर्ष १ करोड रुपैयाँ अनुदान पाउने
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ।

किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द होस् भनेर अनुदान वितरण गर्न लागेको नगरपालिकाले जनाएको छ। आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन्।

किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपैयाँ, मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने नगरपालिकाका मेयर छविलाल पौडेलले बताउनुभयो। यस्तै तरकारी, केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो, कफी, किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान दिने मेयर पौडेलको भनाइ छ।

उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रुपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ। नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ।

अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ।

अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि सुरु गरेको छ। अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानको उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालको भनाइ छ।

नगरपालिकाले बिरुवाका आधारमा अनुदान दिने भएपछि बिरुवा लगाएर छाडेर पनि केहीले अनुदान लिने गरेको भेटिएको छ। लगातार चार वर्षसम्म एकै खेतीको बेसारबाट अनुदान लिएको पनि भेटिएको छ। शितगंगा नगरपालिकाकी उपमेयर गीता भाट नेतृत्वको टोलीले वडा नम्बर ९ मा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो। 

उमपेयर भाटले किसानलाई उत्पादनमा जोड गरी आम्दानी बढाउन अनुरोध गर्दै उत्पादन भएका कृषि उपज बजारसम्म पुर्‍याउन कृषि संकलन केन्द्र सञ्चालन हुन लागेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.