अब जिन्दावाद र मूर्दावादको युग रहेन

सिद्धान्त र वादको लडाईंले भाडामा मलामी खोज्नपर्ने अवस्था भयो : लामिछाने

सिद्धान्त र वादको लडाईंले भाडामा मलामी खोज्नपर्ने अवस्था भयो : लामिछाने
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब जिन्दावाद र मूर्दावादले मुलुकलाई निकास दिन नसक्ने बताएका छन्। शनिबार बिहान कास्कीमा गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले सिद्धान्त र वादको लडाईंले मलामी पाउनका लागि भाडामा मान्छे ल्याउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख हुन्। उनले देशमा कसैले भविश्य देख्न नसकेको बाहिरिनेक्रम जारी रहेको भन्दै चिन्ता व्यक्त गरे। 

उनले भने,‘कुनै समय थियो जसले ठूलो स्वरले जिन्दावाद र मूर्दावाद भन्न सक्यो त्यति ठूलो नेता बन्थ्यो। तर अहिले जिन्दावाद र मूर्दावाद युग रहेन। अब कसले राम्रो नीति बनाउन सक्छ, त्यो नेता बन्ने युग आएको छ।’
 

उनले अघिल्लो पुस्ताले परिवर्तनका लागि रगत बगाएकाले अबको पुस्ताले बदलिदो विश्व परिस्थितिसँग जुध्न सक्ने क्षमतावान मान्छेलाई राजनीतिमा ल्याउने र देशलाई समृद्धितिर लैजाने योजना बनाउनुपर्ने बताए। उनले देशको समस्या एकातिर समाधान अर्कातिर दिन खोजेर सफल हुन नसकिने धारणा राखे।

 null

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेले भ्रष्टाचारको अन्य नगरेसम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे। उनले भ्रष्टाचारको फाइल खोल्दा एक पानामा आफ्ना मान्छे देखेपछि फाइल बन्द गर्ने सरकारबाट सुशासनको आशा गर्न नसकिने स्पष्ट पारे।

लामिछानेले राजनीतिले नेता उत्पादन गर्ने कारखाना मात्र बनेको बताए। उनले चप्पल जुत्ता लगाउने महलमा बस्ने भए र महलमा बस्ने व्यापारी सडकमा आउने अवस्था कसरी भयो सोच्नुपर्ने अवस्था आएको बताए। लामिछानेले कुनै व्यवसाय र जागिर नखाएका नेताले कसरी घर-घडेरी जोडे भन्नेबारे उनीहरुलाई प्रश्न गर्नुपर्ने बताए। उनले एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने र रास्वपाले पार्टीभित्र पनि नदिने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.