भाइचारा बढाउने ‘सातगाउँले जात्रा’
काठमाडौं : भाइचारा र जातीय एकता बढाउने सात गाउँको जात्रा समापन भएको छ! काठमाडौं उपत्यकाको दक्षिण पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका क्षेत्रभित्र रहेका सातवटा गाउँमा सातगाउँले जात्रा मनाउने गरिन्छ!
सातगाउँले जात्रालाई बखुमद जात्रा पनि भन्ने गरिन्छ! कीर्तिपुर, सतुंगल, मच्छेगाउँ बोसेगाउँ, ल्वहखा, पांगा, नगाउँ, नैकापका देवताहरूलार्ई संगठित बाजागाजासहित तीनथानास्थित विष्णुदेवी मन्दिरमा लगेर सामूहिक जात्रा गरिएको थियो!
मंसिर शुक्ल चतुर्थीका दिनदेखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात गाउँमा सात दिनसम्म मनाउने गरिन्छ! विशेषतः नेवारी समुदायले हर्षोल्लासपूर्वक मनाउने सात गाउँले जात्रामा पछिल्लो समय अन्य समुदायको पनि सहभागिता रहन थालेको छ! सातवटा गाउँको बेग्लाबेग्लै जात्रा विष्णुदेवी मन्दिर परिसरमा ल्याइएको थियो! जहाँ श्रद्धालु भक्तालुहरूको घुइँचो रहेको थियो! जात्राको अन्तिम दिन पारेर स्थानीय सरकारले बिदासमेत दिएको थियो!
किंवदन्तीअनुसार सातगाउँ’ नेपाल भाषाको शब्द ‘न्हय्गां’बाट सात गाउँ शब्द आएको हो! एकै समय, एउटै जात्रा सातगाउँमा मनाइने भएकाले यसलार्ई न्हय्गां जात्रा भन्ने गरिन्छ! स्थानीय विष्णुभक्त डंगोलका अनुसार यो जात्रा नगरपालिका क्षेत्रका सात स्थानमा पटकपटक गरेर मनाइन्छ! बखु (विष्णुदेवी मन्दिर परिसर)मा सबै गाउँको देवीदेवता ल्याई हर्षोल्लासका साथ मनाउने गरिन्छ! बखुको विष्णु देवीलार्ई आमा मानिन्छ भने त्यहाँँ ल्याइने बोसीगाउँ, ल्होँखाः, सतुंगल र मच्छेगाउँको देवी देवतालार्ई उसको सन्तानका रूपमा लिइन्छ! जात्राको विषयमा विभिन्न किंवदन्ती रहेका छन्! एक किंवदन्तीअनुसार मल्लकालदेखि नै नगर क्षेत्रमा सातगाउँले जात्रा ‘लाखेपा’ मनाउन सुरु गरिएको हो! मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरी राजकुमारले उक्त क्षेत्रबाट हटाएको खुसीयालीमा सातगाउँले जात्रा मनाउन सुरु गरिएको हो!
अर्को किंवदन्तीअनुसार परापूर्वकालमा स्वयम्भू महाचैत्य वैष्णवी पीठनजिकै एक ऋषिले यज्ञ गरेका थिए! नजिकैको रुखमा बसेका परेवाहरू सिकारीको गुलेलीले लाग्यो! घाइते परेवा उक्त यज्ञमा परेर म¥यो! शुद्ध मनले गरेको यज्ञमा निर्दोष परेवाको ज्यान गएपछि ऋषिले पश्चाताप गरे! पश्चातापस्वरूप ऋषिले बखुँ अर्थात् परेवा मर्यो भन्दै प्रत्येक वर्षको मंसिर शुक्ल दशमीका दिन बखुमदः जात्रा मनाउने परम्परा सुरु गरेको भनाइ छ!
सात गाउँका देवताहरू एकै ठाउँमा भेला गरेर विशेष पूजाअर्चना गरी जात्रा मनाउने प्रचलन छ! प्रत्येक गाउँका देवताका गुठियारहरू जम्मा भई मूल देवतालाई रथमा राखेर विष्णुदेवी मन्दिर परिसरमा पु¥याउने गरिन्छ! अष्टमात्रिका देवीको पूजा गरिन्छ! जात्राले यस भेगमा बसोबास गर्ने विभिन्न समुदायमा भाइचारा बढाउने र जातीय एकता फैलाउने विश्वास गरिन्छ!