कोरला सडकका ५ पुल सञ्चालनमा

कोरला सडकका ५ पुल सञ्चालनमा
सुन्नुहोस्

जोमसोम : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकखण्डमा निर्माणाधीन पुलमध्ये पाँच पुल सञ्चालनमा आएका छन्। बेनी—जोमसोम सडकखण्डअन्तर्गत मुस्ताङको छाक्ताङ खोला पुल र लोमान्थाङ—कोरला सडकखण्डअन्तर्गतका चार निर्माणाधीन पुल सञ्चालनमा आएको कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले जनाएको छ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत मुस्ताङको छाक्ताङ खोला पक्की पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए। पुल निर्माणका लागि केही फिनिसिङका काम बाँकी रहेको भए पनि यातायात सञ्चालनका खुल्ला गरिएको सूचना अधिकारी चापागाईंले उल्लेख गरे। पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा यातायातका साधन आवतजावत गर्न थालेपछि बर्खायाममा मुस्ताङ आउजाउ गर्ने सवारीसाधनलाई निकै सहज हुने आयोजनाका सूचना अधिकारी चापागाईंको भनाइ छ।

कोरला सडकअन्तर्गत निर्माणाधीन मुस्ताङको छाक्ताङ खोला पुलको लम्बाइ ८० मिटरको छ। दुई स्पानको पुलको ७ करोड ४२ लाख रुपैयाँ लागतमा कालिका गजुुरमुखी जेभीले ठेक्का सम्झौता गरेको थियो। छाक्ताङ खोला पुल चालू आर्थिक वर्ष सबै काम सम्पन्न हुने आयोजनाका सूचना अधिकारी चापागाईंले बताए।

यसैगरी जोमसोम—कोरला सडकखण्डअन्तर्गत लोमान्थाङ—कोरला सडकमा पर्ने आयोजनाका चार पक्की पुल निर्माण पनि अन्तिम चरणमा छन्। पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलामा निर्माणाधीन पुलहरू यातायात आउजाउ गर्ने मिल्ने गरी सञ्चालनमा आएको आयोजनाले जनाएको छ। 

यी चारवटै पुल २०७६ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अवधि २०८० साल असोज ३० गतेसम्म रहेको लोमान्थाङ—कोरला चार पुलको काम म्याद सकिएको दुई महिनापछि यातायात सञ्चालनका लागि योग्य भएको हो। चार वटै पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशतभन्दा माथि रहेको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिए।

लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोला पुल निर्माणको जिम्मा मुक्तिनाथ अमित जेभीले लिएको थियो। भौगोलिक विकटताका बाबजुद निकै द्रुत गतिमा पुल निर्माण सुरु गरेको कम्पनीले सन्तोषजनक रूपमा भौतिक प्रगति गरेको आयोजनाको भनाइ छ। यातायात सञ्चालनमा आएको एक स्पान रहेको २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, २ स्पानको ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख, २ स्पानकै ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र २ स्पानको ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ छ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत उपल्लो मुस्ताङमा चार पुल एकैसाथ सञ्चालनमा आएपछि बर्खायामको मौसममा कोरलानाका प्रस्थानका लागि यातायातका साधनलाई निकै सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत यसअघि पाँच पुल निर्माण सम्पन्न भइसकेको कालीगण्डकी करिडोर सडक आयोजनाले बताएको छ। निर्माणको अन्तिम चरणमा रहेका पाँच वटा सम्पन्न भएमा कोरला सडकमा १० पुल सम्पन्न हुनेछन्। यसअघि म्याग्दीको घट्टेखोला पुल, राहुघाट खोला पुल, मुस्ताङको लेते खोला पुल, पान्डा खोला पुल र स्याङ खोला पुल आयोजनालाई हस्तान्तरण भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.