प्रिन्सिपल स्वर्णकार हत्याका सुटर सिंह पक्राउ, खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो

प्रिन्सिपल स्वर्णकार हत्याका सुटर सिंह पक्राउ, खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिमरा : बारा प्रहरीले भारतीय सुटर सुजितकुमार सिंहलाई मंगलबार राती पक्राउ गरेको छ। सिंहलाई बाराको बिश्रामपुर गाउँपालिका १ छतवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको छ। नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्। सिंहको अहिले कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

भारत मोतीहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सिंहमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार (सर्राफ) र भारत मोतिहारीका अजितकुमार सिंहको हत्या गरेको आरोप छ। सर्राफको कात्तिक १३ गते कलैयामा र सिंहको असोज ९ गते पचरौतामा गोली प्रहार गरी हत्या गरिएको थियो। 

दुबै हत्याकाण्डमा सिंह मुख्य सूटर रहेको जनाउँदै प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजीको सूचिमा रहेका सिंह नेपाल प्रवेशको सूचना पाएपछि पुगेको प्रहरी टोलीले खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो। 

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र गोलीसमेत बरामद गरेको छ। प्रहरीका अनुसार सिंहसंगै रहेका अन्य भने फरार भएका छन्। 

बाराका प्रहरी प्रवक्ता न्यौपानेले पक्राउ परेका व्यक्ति सिंह नै रहेको भन्ने प्रारम्भिक रुपमा खुलेको बताए। उपचारपछि पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप विवरण सार्वजनिक गरिने प्रवक्ता न्यौपाने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.