राष्ट्रपति कपको उपाधि पुतलीबजारलाई

राष्ट्रपति कपको उपाधि पुतलीबजारलाई
सुन्नुहोस्

स्याङ्जा : जिल्ला स्तरीय १२औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेको छ।

 
जिल्ला सदरमुकाम अर्थात् पुतलीबजार नगरपालिका-१ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र एक कास्यसहित २२ पदक जितेर पुतलीबजार उपाधि विजेता बनेको हो। 

प्रतियोगितामा वालिङ नगरपालिकाले ९ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित दोस्रो हुन सफल भएको छ। वालिङ्ले १६ पदक जित्दै उपविजेता बनेको हो। प्रतियोगितामा तेस्रो बनेको भीरकोट नगरपालिको १४ पदक जितेको छ। भीरकोटले ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको हो। 

पुस ८, ९ र १० गते सम्पन्न छनौट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका पालिकालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा यहाँका ६ गाउँपालिका सहित ५ नगरपालिकागरी ११ वटा पालिकाले सहभागिता जनाएका थिए। एथलेटिक्सका विभिन्न खेलहरूमा प्रतिस्पर्धा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.