जब बन्दीगृहमा गायक राजु लामाको आवाज गुञ्जियो...

जब बन्दीगृहमा गायक राजु लामाको आवाज गुञ्जियो...
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको जिल्ला कारागारभित्र बिहीबार दिउँसो १२ बजे सांगीतिक कार्यक्रमको आयोजना गरियो। प्रदेश प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी भीमप्रसाद ढकाल, कारागार कार्यालय प्रमुख लक्ष्मी खरेल, अन्य जिल्लाका सुरक्षा निकायका साथमा चर्चित गायक राजु लामा उपस्थित भए। 

कारागारमा गायक राजु लामाको उपस्थिति हुँदा बन्दीगृहमा बन्दी जीवन बिताइरहेका ३ सय ६५ जना कैदी बन्दी उत्साहका साथ कार्यक्रममा उपस्थिति भए। बन्दीगृहमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीहरूलाई मनोरञ्जन दिनुका साथै सकारात्मक बनाउन आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उपस्थित कैदीबन्दीहरू निकै उत्साहित थिए। एक जना कैदीले भने, 'जब एकाएक कारागारमा गायक राजु लामाको उपस्थितिमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। हामीलाई त कुनै महोत्सवमा सहभागी भएको अनुभूति भयो। गायक लामाको सुमधुर आवाजले हामीलाई कारागार कार्यलयमा एक छिन बन्दी जीवनको व्यथा नै भुलाइदियो। खुला जीवनमा सुनेका लामाका गीतहरू आफ्नै आँखा अगाडि गायक उपस्थित भएर नजिकैबाट सुन्न पाउँदा निकै आनन्दको अनुभूति भयो। 

कार्यक्रममा गायक लामाले एक घण्टा एकल गायनमा तिमीलाई देखेर, हल्ला चलेछ, पर्खाइमा, झरनाको चिसो पानी, ऋतुहरूमा तिमी लगायतका निकै लोकप्रिय बनेका गीतहरू गितारको साथमा गुनगुनाए। 

उनको त्यो सुमधुर स्वरले एक घण्टा जिल्ला कारागार कार्यालय सुर्खेत गुञ्जायमान भयो। उक्त कार्यक्रम कुनै संस्कृति महोत्सव जस्तै थियो। कार्यक्रममा गीत गाउनुका साथै गायक लामाले बन्दी जीवनबाट मुक्त भएर सुधारका साथै समाजमा पुनर्स्थापित हुन सक्षम भएर जानुपर्ने सल्लाह दिए। 

मानिसको जीवनमा एक पटक जान अन्जानमा भएका गल्ती कमजोरीहरू सुधार गरेर राम्रो व्यक्तित्व बनाउने अवसर अझै पनि रहेको भन्दै त्यसप्रति सबैले मनन गर्नुपर्ने बताए। 

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले कारागारमा बन्दी जीवन बिताइरहेका कैदीकन्दीहरूलाई रिफ्रेस गराउने, मनोरञ्जन दिने र सकारात्मक व्यवहार परिवर्तनका लागि कारागार भित्रै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.