झापामा हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु, डेढ महिनामा चारजनाले गुमाए ज्यान

झापामा हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु, डेढ महिनामा चारजनाले गुमाए ज्यान
फाइल तस्बिर।

 झापा :  झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु  भएको छ । योसँगै डेढ महिनाको अवधिमा हात्तीले चारजनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ स्थित सृष्टिटोल निवासी ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार बिहान १ : ४५ बजेतिर हात्तीको आक्रमणबाट राईको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए । जङ्गलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा र जस्ताको छानो भएको घर भत्काई घरभित्र रहेका सामानहरू तोडफोड गरेको  थियो।

घरमा हात्ती आएपछि राई छिमेकीहरूको सहयोगमा हात्ती धपाउन गएका थिए । सोही क्रममा हात्तीले राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा आक्रमण गरेका थिए । यता शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । 

यसअघि हात्तीले हल्दिबारीमा दुईजना र दमकमा एकजनाको ज्यान लिइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.