सुर्खेतमा युवाहरूको विरोध प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

सुर्खेतमा युवाहरूको विरोध प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग
सुन्नुहोस्

वीरेन्द्रनगर : बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनाको बिरुद्धमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा युवाहरूद्वारा विरोध प्रदर्शन गरिएको छ। 

स्थानीय युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनमा युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्। 
     

शनिबार दिउँसो सडकमा उत्रिएर यहाँका स्थानीहरूले गरेको प्रदर्शनले वीरेन्द्रनगर बजार तनावग्रष्त बनेको थियो। उनीहरूले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरू राख्दै नाराबाजी गरेका थिए। 

सडकमा टायर बालेर सवारी साधन आवतजावतमा रोक लगाएका थिए। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किएका थिए। 

भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबीच झडप हुँदा शुक्रबार दुई जनाको ज्यान गएको हो। झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका-६ रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका-१ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.