जनधन जोगाऔं, हात्ती बचाऔं

जनधन जोगाऔं, हात्ती बचाऔं
सुन्नुहोस्

जनधनको क्षति नहोस्। तब मानवसँगको द्वन्द्वमा हात्ती पनि नमारिऊन्।

संरक्षित जीवको सूचीमा छ जंगली हात्ती। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस्ता वन्तजन्तुको सिकार गर्न निषेध गरेको छ। कानुनतः बौलाएको अवस्था, नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अंगभंग भएकालाई तोकिएको अधिकारीको आदेशले मात्रै मार्न वा पक्रन पाइन्छ। यस्तै, वनक्षेत्रबाहिर आई मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नुपर्ने ठहर्‍याएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिन्छ। 

तराईका जिल्लामा जंगली हात्ती मानव बस्ती पसेर बिझ्याइँ गर्दै आएको सिलसिला लामो छ। हूलका हूल पस्ने हात्तीले अन्नबाली मात्रै नष्ट गरिदिएका छैनन् कि धेरै व्यक्तिको ज्यानै लिइसकेका छन्। यसरी मानव–वन्यजन्तु द्वन्द्व बढिरहँदा जनधन जोगाउनुपर्ने चुनौती त छ नै त्यसमाथि संरक्षित जीवलाई बचाउनुपर्ने अवस्था पनि छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित एक सामुदायिक वनमा सोमबार मात्रै गोली हानेर मारेको अवस्थामा जंगली हात्ती भेटिएको छ। जसको पुच्छर गायब छ। जुन चोरी सिकारी समूहले गोली हानेको वनका कर्मचारीको ठहर छ। तर, चोरी सिकारीबाट बचाउन चुनौती त छ नै मानव–वन्यजन्तु द्वन्द्वतिर पनि गम्भीरतापूर्वक राज्यको ध्यान जानुपर्छ।

हात्तीलगायत वन्यजन्तुले क्षति पुर्‍याएर राहत दिन सरकारले केही महिनाअघि मात्रै नयाँ निर्देशिका ल्याएको छ। जसलाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० भनिएको छ। कोही सामान्य घाइते भए २० हजार, गम्भीर घाइते भए दुई लाखसम्म औषधोपचार खर्च दिने कानुनी व्यवस्था छ। शारीरिक रुपमा अशक्त भए जीविकोपार्जन खर्च पाँच लाख, कसैको ज्यान गए १० लाख रुपैयाँ राहत दिने भनिएको छ। यस्तै, भण्डारण गरेको अन्न, घरगोठ र खाद्यान्न बालीमा छुट्टाछुट्टै राहत रकम प्रदान गरिन्छ। यसअघि वन्यजन्तुबाट हुने क्षतिको सहयोग निर्देशिका २०६९ बमोजिम क्षतिको प्रकृति हेरेर राहत सहयोग उपलब्ध गराइँदै आएको थियो।

तर, यसरी क्षति भएपछि त्यसबापत राहत दिने अवस्था आउनुभन्दा जनधनको क्षति हुन नदिन नै श्रेयष्कर हुन्छ। त्यसका लागि जंगली हात्ती किन मानव बस्ती पसेर स्थानीयवासीलाई आतंकित बनाउँछन् भन्ने गहिराइसम्म पुग्न आवश्यक छ। वन्यजन्तु विज्ञका अनुसार मानवीय स्वभाव र व्यवहारकै कारण हात्ती आक्रमण बढेको हो। जंगलमा आहारा पाउन छाडेपछि वन्यजन्तु बस्ती छिर्छन्। तर, धपाउन अनेक हतकण्डा अपनाउँदा आक्रोशित बन्छन्। हिंस्रक बन्छन्। त्यसमाथि हात्तीको जैविक मार्गमा अवरोध पुगेको छ। तिनीहरूका त्यस्ता परम्परागत बासस्थान र बाटोहरू संरक्षणमा राज्यका निकायहरू लाग्नुपर्छ। हात्ती करिडोर निर्माणलगायत विकल्पतिर पनि ध्यान दिनुपर्छ। ताकि जंगली हात्ती जंगल छाडेर मानव बस्तीसम्म नपसून्। जनधनको क्षति नहोस्। तब मानवसँगको द्वन्द्वमा हात्ती पनि नमारिऊन्।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.