चोरीका सामानसहित दुईजना पक्राउ

चोरीका सामानसहित दुईजना पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं : चोरीका सामानसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  ४२ वर्षीय भुवन श्रेष्ठ र ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट एउटा स्कुटर,स्वरुप परिवर्तन गरिएको ७५ लाल सुन, जिम गर्ने पाँचवटा डोरी र केही कपडा बरामद भएको छ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले ललितपुरको ग्वार्को मिनी मार्केट नजिकै डेरा गरी बस्ने २७ वर्षीया सुमिता तामाङको डेराबाट गत मंसिर १८ गते नगद,गरगहना तथा महत्वपूर्ण काजगपत्र चोरी गरी फरार रहेका थिए।

सीसीटीभी फुटेज तथा प्राविधिक अनुसन्धानका क्रममा चोरी गरेको पुष्टि हुन आएकाले श्रेष्ठलाई चोरीका सामानसहित प्रकाउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन्।

यसैगरी चोरीको विगो लिनेखाने तथा मास्ने कार्यमा संलग्न रहेको आरोपमा बाफलस्थित सुनचाँदी व्यवसायी विश्वकर्मालाई समेत पक्राउ गरेको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.