जोमसोम कभर्ड हलको निर्माण सुस्त

जोमसोम कभर्ड हलको निर्माण सुस्त
सुन्नुहोस्

जोमसोम : मुस्ताङ सदरमुकाम जोमसोममा निर्माणाधीन कभर्ड हल बजेट अभावका कारण अलपत्र परेको छ। २०७६/०७७ सालदेखि निर्माण सुरु गरिएको जोमसोम कभर्ड हलको पर्याप्त बजेट सुनिश्चित नहुँदा निर्माणकार्य सुस्त बनेको हो ।

सरकारले दिर्घकालिन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधार निर्माणका लागि वहुवर्षिय योजना अघि बढाएको थियो। जोमसोममा निर्माण हुने २ तले सुविधा सम्पन्न कभर्ड हल निर्माणको लागत ६ करोड ५८ लाख तय गरिएको थियो।

संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माण हुँदै गरेको कभर्ड हलको निर्माण अहिले ठप्प छ। समयमै बजेट सुनिश्चिता नहुने र बजेट विनियोजनको रकम योजनाको लागत अनुपातमा ज्यादै न्यून हुँने भएकाले जोमसोम कभर्ड हल निर्माणले गति लिन नसकेको हो।

योजना सञ्चालन भएको ४ वर्ष बितिसक्दा पनि यसको भौतिक प्रगति ३५ प्रतिशत मात्र रहेको छ। संघ तथा प्रदेश सरकारबाट बर्सेनि विनियोजन हुने टुक्रे बजेटका कारण कभर्ड हल निर्माणमा विलम्ब भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.