४ बुँदे सम्झौता, स्याटेलाइट प्रक्षेपणमा भारतको सहयोग

४ बुँदे सम्झौता, स्याटेलाइट प्रक्षेपणमा भारतको सहयोग
सुन्नुहोस्

काठमाडौं : नेपाल र भारतबीच चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो।आठ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका सहमतिहरू कार्यान्वयनको अवस्थाबारे पनि बैठकमा समीक्षा गरेको बताइएको छ।परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले परराष्ट्रमन्त्री एनपी साउद र समकक्षी एस जयशंकरको सहभागितामा दुई देशबीच चारबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको बताए।करिब एक घण्टासम्म चलेको बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो।दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।प्रवक्ता राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था  तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ।परराष्ट्र प्रवक्ता राईले भने, ‘नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने विषयमा बैठकमा सहमति जुटेको छ।छिट्टै नेपालको स्याटलाइट प्रक्षेपण गर्नेछौं ।’

पुनर्निर्माणमा १ खर्ब सहयोग

भारतले भूकम्पपछिको पुनः निर्माणका लागि १ खर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ।बैठकमा भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरूका विषयमा पनि छलफल भएको थियो।ऋण दिँदा राखेका सर्त पुनरावलोकन हुने भएको छ।नेपालले पूर्वाधार निर्माणमा ऋण सहयोग गर्दा राखेका सर्त पुनरावलोकनको माग गर्दै आएकोमा संशोधन गर्न भारत तयार भएको हो।भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा एकदर्जन बढी आयोजना सञ्चालनमा छन्।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक्जिम बैंकको ऋण सर्तले आयोजनाको निर्माणमा ढिलाइ भइरहेको बताउँदै आएको छ ।

द्विपक्षीय छलफलपछि परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘उहाँ (जयशंकर)सँग दुईदेशीय सम्बन्धबारे आदानप्रदान गर्न पाउँदा खुसी लागेको छ।हामीले सातौं नेपाल–भारत संयुक्त आयोगको बैठकसमेत बस्यौं।सो क्रममा दुई देशको विविध पक्षबारे छलफल भएको छ ।’ खासगरी आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयवस्तुका विभिन्न पक्षबारे छलफल भएको उनले बताए।

भारतले अब २० करोडसम्मका परियोजना सीधै खर्च गर्न पाउने 

भारतले २० करोड रुपैयाँसम्मका परियोजनामा सीधै अनुदान दिनसक्ने सहमति भएको छ ।भारतले सीधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको हो।भारतको अनुदानमा हुँदै आएको यो कार्यक्रम परियोजना यसअघि ‘साना विकास परियोजना’ (एसडीपी) को नामले चिनिन्थ्यो।यही कार्यक्रमअन्तर्गत भारतीय दूतावासले आफैं परियोजना छनोट गरेर लगानी गर्न पाउने सुविधा पाउँदै आएको थियो।तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सन् २००३ मा पहिलोपटक यस्तो खालको परियोजनाको स्वीकृति दिएका थिए।  

पछिल्लोपटक यसको समय अवघि २०८० साउन २० सम्म थियो।साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले ३ वर्षसम्म थपेको हो।अब यो कार्यक्रम २०८३ साउन २० सम्म उक्त कार्यक्रम चल्ने गरी मन्त्रिपरिषद्ले समय थप्यो।दूतावासले उक्त रकम २० करोड पूर्वाधार परियोजनामा लगानी गर्ने भनिए पनि नेपाल सरकारबाट स्वीकृति लिनुपर्ने प्रावधान भने तोकिएको छ।त्यो भनेको दूतावासले रकम खर्च गर्नु अगावै सरकारबाट स्वीकृति लिनुपर्ने हुन्छ।नेपाल र भारतका विदेशमन्त्रीको उपस्थितिमा भएको एचआईसीडीपी कार्यान्वयन सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन्।

जयशंकरले गरे उच्चस्तरीय भेटघाट  

नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन बिहीबार बिहान नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्।काठमाडौं आइपुगे लगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।भेटमा उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूको सन्देश सुनाएका थिए।राष्ट्रपतिसँगको भेट लगत्तै उनले ट्वीट गरेका छन, ‘बलियो र व्यापक नेपाल–भारत सम्बन्धका लागि उहाँका मार्गदर्शन र भावना प्रेरणादायी छन् ।’

त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे।प्रचण्डसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाएका थिए।भेटपछि ट्वीट गरेका छन्, ‘कुराकानीको दौरान हाम्रो सम्बन्धलाई नयाँ गति प्रदान गरेको गत जेठमा सफलतापूर्वक सम्पन्न उहाँको भारत भ्रमणको चर्चा गर्दै त्यसपछि भएका अन्य भेट र आज हुने संयुक्त आयोगको बैठकबारे पनि छलफल भयो।भारत र नेपालको मित्रता साँच्चै नै विशिष्ट रहेको छ र हाम्रो साझेदारी दिनानुदिन अझ सुदृढ हुँदै गइरहेको छ ।’ विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता र केही औद्योगिक क्षेत्रका व्यक्तिहरूसँग होटल द्ववारिकाजमा भेट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.