निषेधित क्षेत्र तोडेपछि गोविन्द केसीसहित ९ जना माइतीघरबाट पक्राउ

निषेधित क्षेत्र तोडेपछि गोविन्द केसीसहित ९ जना माइतीघरबाट पक्राउ
सुन्नुहोस्

काठमाडौं : डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । विभिन्न मागसहित माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।  

सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय देउ, माइतीघरको निषेधाज्ञा खारेज गर, सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सवै नेपाली हरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायत सुशासन का लागि अभियान लगायतका नारा लेखिएको प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका थिए।

उनीहरुले केसीसँगको विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबन्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने लगायतका माग राखेका थिए। 

सरकारले माइतिघर, नयाँ बानेश्वर, बालुवाटार, महाराजगन्ज लगायतका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.