नेटवर्किङमार्फत करिब १७ लाख ठगी, एक जना पक्राउ

नेटवर्किङमार्फत करिब १७ लाख ठगी, एक जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : नेटवर्किङमार्फत ठगी गर्ने जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्। 

उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए। 

उनले सामाजिक सञ्जालमार्फत कामदारको माग गर्दै विज्ञापन गरेर काठमाडौं महानगरपालिका-७ चावहिल, गंगाहिटी, काठमाडौंको महाराजगंज लगायतका विभिन्न स्थानमा भिजन ड्रिमरी प्रालि सञ्चालन गरेका थिए। 

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.