महोत्तरीका दुई पालिकाका विद्यालय चिसोका कारण बन्द
महोत्तरी : महोत्तरीका दुई पालिकाका विद्यालय चिसोका कारण बन्द भएका छन्। अत्यधिक हुस्सु र चिसोका कारण जनजीवन प्रभावित भएपछि सोनमा गाउँपालिका र रामगोपालपुर नगरपालिकाले विद्यालयमा बन्द गर्ने निर्णय गरेका हुन्।
सोनमा गाउँपालिकाले पुस २३ गते सोमबारदेखि पुस २६ गते बिहीबारसम्मका लागि बिदा दिइएको शिक्षा सह संयोजक धर्मेन्द्रकुमार यादवले बताए।
रामगोपालपुर नगरपालिकाले पनि पुस २३ गतेदेखि माघ २ गतेसम्मका लागि सामुदायिक विद्यालयमा बिदा दिएको छ। पछिल्लो समयमा आएर यहाँका जनजीवन चिसोले प्रभावित भएको छ।