आश्रमको संरक्षणमा राई

आश्रमको संरक्षणमा राई
सुन्नुहोस्

हेटौंडा : तीन महिनादेखि आइसीयूमा उपचाररत ६५ वर्षीया फुलमाया राईलाई मानव सेवा आश्रम हेटौंडाले उद्धार गरेको छ। मंगलबार हेटौंडा उपमहानगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो। 

ठेला चलाएर जीवनयापन गर्दै आएकी फुलमायाको हेरचाह र पालनपोषण गर्ने कोही नभएको हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले बताइन्। दैनिक जीवन निर्वाहका लागि ठेला चलाउँदै आएकी फुलमायाको मुटुमा समेत समस्या रहेको हेटौंडा अस्पतालले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका-१० मा बसोबास गर्ने उनी डेढ महिनादेखि अस्पतालमा उपचाररत थिइन्। आजदेखि  उनको हेरचाह, उपचार र पालनपोषण आश्रमले नै गर्ने मानव सेवा आश्रमका प्रदेश संयोजक होमनाथ पौडेलले बताए। 

आश्रमले २०६९ सालदेखि देशभर रहेका सडकमा जीवन बिताउन बाध्य  अनाथ,अपांगता भएका व्यक्ति र असहायलाई सेवा प्रदान गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.