मोटरसाइकल दुर्घटनामा ढकाल दम्पत्तीको मृत्यु

मोटरसाइकल दुर्घटनामा ढकाल दम्पत्तीको मृत्यु
मोटरसाइकल दुर्घटनामा मृतक ढकाल दम्पत्ती । तस्बिर : सामाजिक सञ्जाल
सुन्नुहोस्

टीकापुर : कैलालीको चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

अछामबाट बर्दिया आउने क्रममा ढकालले चलाएको भे.१३प. १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका-७ को पितमारीभन्दा झण्डै दुई सय मिटर उत्तरस्थित सडकबाट तल कर्णाली नदीको खोचमा खसेको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार प्रहरीलाई मोटरसाइकल दुर्घटनाबारे राति ८ बजे जानकारी आएको थियो । सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घटनास्थल पुगेर ढकाल दम्पत्तीलाई राफ्टिङ बोटबाट चिसापानी पुर्‍याइएको थियो ।

राति करिव ११ बजे चिसापानी पुर्‍याएका ढकाल दम्पत्तीको मृत्यु भइसकेको थियो । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको  डीएसपी चन्दले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.