विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा सेती किनारमा स्मृति स्तम्भ निर्माण

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा सेती किनारमा स्मृति स्तम्भ निर्माण
सेती किनारमा निर्माण गरिएको स्मृति स्तम्भ। तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : गत वर्ष माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालकाले सेती किनारमा स्मृति स्तम्भ निर्माण गरेको छ। 

६८ यात्रु र चालकदलका ४ सदस्यसहित ७२ जना लिएर काठमाडौंबाट पोखरा उडेको विमान अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। 

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो। पोखरा महानगरपालिकाले मृत्यु भएका सबैको नाम ठेगनासहितको स्मृति स्तम्भ निर्माण गरेको हो। १० लाख लगानीमा स्मृति स्तम्भसहित सेती किरनामा तारबार लगाउने लगायतका काम गरिने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए। 

गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर महानगरपालिकाले दुर्घटना भएको स्थलमा स्मृति पार्क, सेतीमा झोलुङ्गे पुललगायतका संरचना पनि बनाउने तिम्सिनाले बताए। पोखरा ७ र वडा नम्बर १५ को बीच सेती खोचमा विमान दुर्घटना भएको थियो। 

विमान दुर्घटनाका प्रत्यक्ष दर्शी स्थानीय बेल गिरी एक वर्ष अघिको घटना सम्झदै अझै पनि कहाली लाग्ने बताउँछन्। यस्तो दुर्घटना कहिल्यौ नहुनेगरी सरकारले जहाज उडानमा अनुगमन गर्नुपर्ने उनले सुझाए। स्थानीय जमुना बस्नेत अहिले पनि पहिलेझैँ घर नजिकै भएर जहाज उडान हुँदा डर लाग्ने बताइन्। जहाज विमानस्थमा अवतरण नभएसम्म हेरिरहने पनि उनले सुनाइन्। 

आन्तरिक उडानतर्फ भएको विमान दुर्घटनामा यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हो। विमान विहान १०:५० बजे आन्तिमपटक सम्पर्कमा आएको थियो।विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै बाँकी रहँदा दुर्घटना भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.