गौशालामा ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण
महोत्तरी : बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रत्यक्ष रुपमा अस्तव्यस्त भएपछि महोत्तरीको गौशालामा ३ सय जना ज्येष्ठ नागरिकलाई न्यानो सिरक प्रदान गरेको छ।
आइतबार गौशाला नगरपालिका वडा नम्बर ३ को कार्यालयले वडाभरिका ज्येष्ठ नागरिक, एकल महिला, अपागं र विधुवा महिलालाई न्यानो सिरक वितरण गरिएको हो।
सोही बीच गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य बिमा गराई फाइदा लिनका लागि आग्रह गरेका थिए। नगरभरिमा स्वयंसेवकहरू स्वास्थ्य बीमा बनाउने कार्यमा तल्लीन रहेकाले सोको फाइदा उठाउनका लागि उनले सबैमा आग्रह गरेका छन्।