वडाध्यक्षले लगाइदिए गाउँपालिकाको कार्यालयमा ताला

वडाध्यक्षले लगाइदिए गाउँपालिकाको कार्यालयमा ताला
सुन्नुहोस्

महोत्तरी : पाँच सुत्रीय माग राख्दै महोत्तरीका सम्सी गाउँपालिकाका वडाध्यक्षहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। आइतबार दिउँसो पालिकाका ५ जना वडाध्यक्षले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन्।

कार्यपालिका बैठकका लागि पत्रचार गरे पनि बैठक बस्न नसकेको र गाउँपालिकाका अध्यक्ष रामनाथ यादव तथा प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र मिलेर मनोमानी गरेको भन्दै यहाँका वडाध्यक्षहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको वडा नम्बर २ का वडाध्यक्ष शेष अन्जारेले बताएका छन्।

वडा नम्बर २ का वडाध्यक्षले भने, 'गाउँपालिका कार्यालयमा नआएर जनकपुर बसेर प्रमुख प्रशासकीय अधिकृतले काम गर्दै आएका छन्। कार्यालयमा नआउँदा गाउँपालिकाको योजनाहरू कार्यान्वयन हुन सकेको छैन।'

अधिकृत कार्यालय नआउँदा समस्या भएको भन्दै वडाध्यक्षहरू जिल्ला प्रशासन कार्यालय महोत्तरीको ध्यानाकर्षण गराएको र समस्या समाधानका लागि कुनै पहल नभएपछि तालाबन्दी गर्नुपरेको वडाध्यक्ष अंजारेले बताए।

उनीहरूले जारी गरिएको विज्ञप्तिमा गाउँसभा विशेष सभाको रेडबुक सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९/८० र आर्थिक वर्ष ०८०/८१ को खर्च विवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बैठक यथाशीघ्र बस्नुपर्ने, गाउँपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रशासकीय अधिकृतको तत्काल सरुवा गर्नुपर्ने उल्लेख रहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.