माघे संक्रान्तिमा कालीगण्डकी किनारमा भक्तजनको भीडभाड

माघे संक्रान्तिमा कालीगण्डकी किनारमा भक्तजनको भीडभाड
तस्बिर : अन्नपूर्ण

तानसेन: माघे संक्रान्तिको अवसरमा पाल्पा,गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा  कालीगण्डकी स्नान तथा ह्षिकेशव भगवानको दर्शन गर्न  भक्तजनको भीड लागेको छ । माघे संक्रान्‍तिको अवसरमा  परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी,माइली र कान्छी संक्रान्तिको रुपमा धार्मिक मेला लाग्दै आएको छ ।  भक्तजनहरु टाढाटाढाबाट कालीगण्डकीमा बिहानैदेखि स्नान गर्ने र ह्षिकेशव भगवानको दर्शनको लागि जुटेका छन् । 

null

माघे संक्रान्तिको अवसरमा काली गण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नास हुने,मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ । विगतदेखि नै  पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्लालगायत छिमेकी देश भारतबाट समेत रुरु क्षेत्र रिडिमा कालीगण्डकी स्नान गरी  भगवानको दर्शन गर्न जाने परम्परा नै रहेको छ ।  रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको छ । 

null

माघे संक्रान्तिको रुरु क्षेत्रमा नेपालकै नमूना ३ मुखे पुल विशेष आर्कषण बनेको छ । पाल्पा,गुल्मी र स्याङ्जा ३ वटै जिल्लाबाट पुलमा आवतजावत गर्न सकिन्छ जसको कारण ३ वटै जिल्लामा रहेका धार्मिक तिर्थस्थलहरुको भक्तजनहरुले सजिलै अवलोकन गर्न पाएका छन् । 

रिडीको ३ मुखे पुलमा धार्मिक भक्तजनसँगै  फोटो खिच्ने,भिडियो बनाउने युवायुवतीहरुको पनि विशेष भीडभाड रहेको छ ।  धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी,पाखी,बासबाट उत्पादित विभिन्न किसिमका डाला,पाथी,काइयोलगायतका घरेलु सरसमान,हुम्ला, जुम्लाको ओखको घाँजी जस्ता सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा आएका छन । धार्मिक मेलामा गुल्मीको गुड,पाल्पाको सुन्तला बिक्रीका लागि राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.