कर्णालीमा माघी पर्व : थारूको छोक्रा र लाठ्ठी नाच, पहाडीले घन्काए देउडा

कर्णालीमा माघी पर्व : थारूको छोक्रा र लाठ्ठी नाच, पहाडीले घन्काए देउडा
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा माघी पर्व विविधतायुक्त संस्कृतिका साथ मनाइएको छ। यहाँ बसोबास गर्ने थारू, जनजाति, आदिवासी तथा पहाडी मुलका समुदायहरूले आआफ्नै संस्कृति अनुसार भव्य रुपमा मनाएका हुन्। 

कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालय लगायतका सरोकारवालाहरूको सहयोग तथा पातालगंगा सामुदायिक होमस्टेको आयोजनामा वीरेन्द्रनगर नगरपालिका-१० पातालगंगामा जैविक विविधताको संरक्षण गर्दै थारूहरूले माघी मनाए। 

उनीहरूले थारू समुदायको लोक संस्कृति  छोक्रा र लाठ्ठी नाचका साथै माघीको शुभकामना बाँडे। कार्यक्रममा जब थारू समुदायको निकै लोकप्रिय नृत्य छोक्रा र लाठ्ठी नाच प्रदर्शन गरियो। माहोल नै रमाइलो भयो। पतालगंगा सामुदायिक होमस्टेका अध्यक्ष दिलबहादुर चौधरीले जैविक विविधताको संरक्षणका लागि स्थानीय बाली र स्थानीय लोक संस्कृतिको पनि जगेर्ना गर्ने अभियानमा लागिरहेको बताए। उनका अनुसार होमस्टे अवलोकन गर्नै आउने सबै आन्तरिक तथा बाह्रय पर्यटकहरूले यहाँ आउदा स्थानीय परिकार खाने र हाम्रो लोक संस्कृति देख्न पाउने व्यवस्था मिलाइएको छ।

उनीहरूले औपचारिक कार्यक्रम नै गरी स्थानीय परिकारहरू सखरखण्ड, तरुल, गन्जी, पिँडालु, सुकेको स्थानीय छिद्रा माछा, माछाको सेकुवा, अनदीको भात, झोल, पोलेको भात, सेलरोटी, कोदोको सेलरोटी, चिनाको भात लगायतका दर्जनौँ परिकारहरू चखाए। यति मात्र होइन, जुम्लाको चन्दनाथ सहकारी संस्थाले कार्यक्रममा मार्सी चामल, कोदो, भुटेको मकै, स्याउको चाना, सिस्नोको पिठो, दाँते ओखर, घोडामच्चो, जडिबुटी चिया, तिते फापर, मिठो फापर, मकैको पिठो, कागुनोको चामल, चिनोको चामल, जुम्ली सिमी, अल्लोको टोपी, खरायोको उनको टोली, स्वीटर, अल्लाको कोट, राडीपाखी जस्ता स्थानीय उत्पादनहरूको प्रदर्शनी पनि गरे। 
    
सुर्खेतको खुलामञ्चमा पहाडी जिल्लाबाट सुर्खेतमा बसोबास गर्दै आएका समुदायहरूले देउडा घन्काएर माघी मनाए। खुलामञ्चको आसपासको क्षेत्रमा झण्डै ४ वडा स्थानमा छुट्ट छुट्टै देउडा खेलहरू चलिरहेका थिए। 

नेपाली खस भाषको जननी कर्णालीमा हाम्रा पुर्खाहरूले नै सुरु गरेको देउडा खेल अहिले पनि उत्तिकै लोक प्रिय छ। माघिको दिन सबै मानिसहरूको हँसिलो अनुहार, छाटिएको पोशाक, महिलाहरूले लगाउने गुन्यूचोलो रहडी दर्शकहरूको खचाखच भीडले सुर्खेतको खुलामञ्च भरिभराउ बनेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.