गोली चलाउनेलाई कारबाही सिफारिस

गोली चलाउनेलाई कारबाही सिफारिस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गत पुस २० गते सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ३० वर्षीय जयसंकर शाहको मृत्यु भएको थियो। बरहथवा ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने विषयमा स्थानीयले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा अप्रत्यासित गोली चल्दा शाहको मृत्यु भएको थियो। 

घटनाको छानबिन गर्नका लागि सरकारले पुस २१ मा तिन सदस्यीय छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुरेन्द्र भण्डारी र राष्ट्रिय अनुसन्धान विभागका भीमबहादुर बुढाथोकी रहेको समिति गठन भएको थियो। उक्त समितिले गृहमन्त्रालयमा प्रतिवेदन बुझाउँदै घटनामा गोली चलाउने वरिष्ठ हवल्दार सोनेलाल यादवलाई प्रहरी सेवावाट हटाउने राय सुझाव दिएको छ। 

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार छानबिन समितिले आइतबार नै प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा आएका राय सुझावलाई कानुनी तवरले कार्यान्वयन गरिने छ। भट्टराई भन्छन्, ‘समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउनुभएको छ।’ गौतम गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव हुन्। 

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले घटनाका दोषीलाई कारबाही गरिने र प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ। यादव प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत थिए। घटनामा उनले नै गोली प्रहार गरेको र सिनियरसँग अनुमति नलिएको समितिको निष्कर्ष छ। छानबिन समितिले प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ।

फिल्डमा रहेको प्रहरीले गोली चलाउन मिल्छ ? 

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार फिल्डमा खटिएको प्रहरीले निश्चित अवस्थामा मात्रै गोली चलाउन पाउने कानुनी व्यवस्था छ। छानबिन समितिले बुझाएको प्रतिवेदनका विषयमा प्रवक्ता कार्कीले अनौपचारिक जानकारी भए पनि औपचारिक जानकारी नभएको बताए। उनी भन्छन्, ‘प्रतिवेदन आयो भने कानुनी रूपमा के गर्न मिल्छ ? कसुर वा गल्ती के भएको हो ? गल्ती भएको वा गल्ती गरेको समानुपातिकत्वमा कसुर बराबरको कारबाही अगाडि बढ्छ। कसूरलाई नेपाल प्रहरी ऐन तथा नियमावलीको कसिमा कहाँनेर के गल्ती कमजोरी भएको हो ? निक्र्यौल गरेर मात्रै कारबाही प्रक्रिया अगाडि बढ्छ। गोली प्रहार आफैं गरे वा अरूको आदेशमा गरेका हुन् भन्ने प्रतिवेदनमा प्रस्ट पारिएको होला।’ 

घटनाका विषयमा के भएको हो ? प्रतिवेदन अध्ययन गरेपछाडि मात्रै भन्न सकिने बताउँदै प्रहरी प्रवक्ता कार्कीले सरकारले गठन गरेको छानबिन समितिले बनाएको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिए। उनी भन्छन्, ‘प्रतिवेदनमा घटनाको छानबिन गरेर कमि कमजोरी आंैल्याइएको हुन्छ। यही अनुसार नै कारबाही अगाडि बढ्छ।’ 

प्रहरी प्रवक्ता कार्की भन्छन्, ‘सुरक्षाको सिद्धान्तअनुसार कुनै पनि सुरक्षाकर्मीले आत्मरक्षाको निम्ति गोली चलाउन पाउने व्यवस्था छ। यस्तो व्यवस्था अन्र्तगत आफ्नै ज्यान जाने अवस्था वा गम्भीर शारीरिक क्षति हुने वा आपूmले सुरक्षा दिने व्यक्तिको कसैको ज्यान जाने भएमा वा गम्भीर शारीरिक क्षति हुने भएमा आत्मरक्षाका लागि बल प्रयोगको सिद्धान्तअनुसार गोली प्रहार गर्न सिद्धान्ततः मिल्छ। तर घटनाको अनुसन्धानका क्रममा यस्तो अवस्था युक्तिसंगत र प्रमाणित हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.