चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो, भारत पहिलो नम्बरमा

चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो, भारत पहिलो नम्बरमा
फाइल तस्बिर।
सुन्नुहोस्

चीनको जनसंख्यामा लगातार दोस्रो वर्ष पनि गिरावट आएको छ।  विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गत वर्ष दोस्रो स्थानमा आएको थियो। भारत भने सबैभन्दा बढी जनसंख्या भएको देश बनेको थियो। 

यो क्रम यस वर्ष पनि कायमै छ। चीनको तथ्यांक अनुसार त्यहाँको जनसंख्या १४० करोड रहेको छ। जुन गत वर्षको तुलनामा करिब २० लाख कम हो ।

त्यस्तै भारतको जनसंख्या १४२ करोड रहेको छ। 

यी तथ्याङ्कहरूले चीनमा जन्मदर घट्दै गएको र देश द्रुत रूपमा सहरीकरण भइरहेको देखाउँछ। चीनमा जन्मदर प्रति एक हजार मानिस बराबर ६.३९  छ, जुन  हालसम्मकै न्यून हो।

चीनमा सन् १९८० देखि २०१५ सम्म विवादास्पद एक बच्चा नीति थियो।  विगतका वर्षहरूमा भने परिवारहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न अनुदान र अन्य नीतिहरूको सहारा लिइरहेको छ। तर, यी रणनीतिहरूले खासै प्रभाव पारेको भने छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.