मुस्ताङको धार्मिक तथा सांस्कृतिक मौलिकता काठमाडौंमा देखाइने

मुस्ताङको धार्मिक तथा सांस्कृतिक मौलिकता काठमाडौंमा देखाइने
तस्बिर : सुन्दरकुमार थकाली।
सुन्नुहोस्

जोमसोम : गण्डकी प्रदेशकै पर्यटकीय धरोहरको रुपमा रहेको हिमाली जिल्ला मुस्ताङको जिवन्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मौलिकतालाई  काठमाडौंमा उजागर गरिने भएको छ। हिमाली जिल्ला मुस्ताङको धार्मिक,सांस्कृतिक,ऐतिहासिक,भेषभुषा ,रहनसहन  र जीवनशैली समेटिने गरी काठमाडौंमा बृहत प्रथम मुस्ताङ फेस्टिबलको तयारी गरिएको हो।

हिमाली जिल्ला मुस्ताङको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित लो मुस्ताङ वेलफेयर ट्रस्टले आउँदो फेब्रुअरी २ र ३ तारिख अर्थात माघ १९ र २० गते पहिलो पटक देशकै प्रमुख सहर राजधानी काठमाडौंमा मुस्ताङ फेस्टिबल आयोजना गर्न लागेको हो। काठमाडौंको बौद्ध स्थित तारागाउँ (हायात) रिजेन्सी होटलमा दुई दिनसम्म मुस्ताङ फेस्टिबल आयोजना हुने यसका प्रतिनिधि छिरिङ फेन्जो गुरुङले जानकारी दिए। 

आयोजक लो मुस्ताङ वेलफेयर ट्रस्टले हिमाली जिल्ला मुस्ताङको सम्पूर्ण मौलिक तस्विरलाई विभिन्न माध्यमबाट काठमाडौंमा पस्किने गरी ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौं’ उद्घोषसहित मुस्ताङ फेस्टिबलको तयारी सुरु गरेको आयोजक प्रतिनिधि गुरुङको भनाइ छ।

फेस्टिबलमा समग्र मुस्ताङ जिल्लाको परिचय उजागर गरिने र यसले हिमाली जिल्ला मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउन योगदान दिने आयोजक प्रतिनिधि गुरुङले दावी गरे। पहिलो पटक आयोजना गरिने तयारी गरिएको मुस्ताङ महोत्सवमा  श्रव्य दृष्य कलासंस्कृति,फोटोग्राफी,प्रदर्शनी,वृतचित्र,हस्तकला र अन्य स्टल बिक्री केन्द्र रहने जनाएको छ।

उत्तरी छिमेकी देश चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको धार्मिक, कलासंस्कृति, रहनसहन,भेषभुषा र मौलिकता तिब्बतीयन संस्कृतिसँग मिल्दोजुल्दो छ। उपल्लो मुस्ताङमा सदियौं वर्ष पुराना दरबार, गुम्बा,म्हाने स्तुपा र प्राचिन गुफाहरु अवस्थित छ। धार्मिक,सांस्कृतिक र ऐतिहासिक सम्पदा नियाल्न विदेशी पर्यटक त्यहाँ जाने गर्छन्।

आयोजक लो मुस्ताङले तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको कोरलासम्मका धार्मिक तथा सांस्कृतिक,जैविक विविधिता ,पर्यटकीय स्थल र सबै समुदायहरुको कलासंस्कृतिलाई एउटै मञ्चबाट प्रर्दशन गर्ने लक्ष्य राखेको आयोजक प्रतिनिधि छिरिङ फेन्जो गुरुङले जानकारी दिए।

मुस्ताङमा अवस्थित सभ्यता र संस्कृतिलाई महोत्सवका माध्यमबाट उजागर गरी बढीभन्दा बढी पर्यटक मुस्ताङ भित्र्याउने उद्देश्यसहित काठमाडौं मुस्ताङ फेस्टिबलको आयोजना गर्ने तयारी गरिएको उनले बताए ।

हिउँदयामा जाडो छल्न उपल्लो मुस्ताङीहरु अहिले बेसीमा छन्। पोखरा—काठमाडौं लगायतका स्थानमा छरिएर रहेका उपल्लो मुस्ताङीलाई एकत्रित गर्दै राजधानी काठमाडौं मुस्ताङ फेस्टिबलको तयारी गरिएको हो। 

फेस्टिबलमा मुस्ताङीहरुको आफ्नो धार्मिक तथा सांस्कृतिक कलासंस्कृतिलाई  श्रव्य-दृष्य तथा, फोटो प्रर्दशनीमार्फत उजागर गरिने योजना रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.