साउदीमा अलपत्र १८ महिला घरेलु कामदार फर्किए, ७ जना पर्खाइमा

साउदीमा अलपत्र १८ महिला घरेलु कामदार फर्किए, ७ जना पर्खाइमा
फाइल तस्बिर।
सुन्नुहोस्

साउदी : एक वर्षमा वैशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेर अलपत्र परेका १८  जना घरेलु महिला कामदार  दूतावासको सहयोगमा स्वदेश फिर्ता भएका छन् । उनीहरू भारतीय बाटो हुँदै  कुवेत र युएई हुँदै साउदी अरेबिया पुगेका थिए।

साउदीस्थित नेपाली दूतावासका अनुसार नेपालमा रहेका विभिन्न एजेण्डहरूले विभिन्न प्रभोलन देखाइ उनीहरूलाई साउदीमा घरयसी काममा पुर्‍याएका थिए ।  हाल  साउदीमा  तलब, सेवा सुविधा नपाएका साथै घर मालिकसँग विभिन्न पीडादायी दु:ख पाएर अलपत्र परेका  ७ जना महिला कामदार दूतावास सेल्टरमा रहेका छन्। उनीहरुलाई स्वदेश फिर्ताका लागि दूतावासले सम्बन्धित निकायसँग छलफल गरी प्रक्रिया अगाडि बढाको छ ।

सरकारले साउदीमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई जान प्रतिबन्ध गरेको छ। तैपनि,विभिन्न माध्यमबाट महिलाहरू वैदेशिक रोजगारीका लागि साउदी पुग्ने गरेका छन्। सरकारले औपचारिक रूपमा जाने महिलाको रेकर्ड राख्न थालेपछि अनौपचारिक रूपमा गएर जोखिममा परेका महिलाको संख्या बढ्दो क्रममा रहेको साउदीमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू बताउँछन।

साउदी  पुगेका महिलाहरू सेवा सुविधा नपाएर अलपत्र परेको जानकारी आएको नेपाली दूतावासले जनाएको छ।  एजेन्डमार्फत कतिजना महिला रोजगारीमा गए ,गएकामध्ये कतिको मृत्यु भयो,कति जेलमा छन्, कति बेपत्ता छन्,त्यसको जानकारी न सरकारसँग न त सम्बन्धित  निकायसँग कुनै आँकडा छ।

साउदी आउने महिला कामदारलाई भिजिट भिषामा कुबेत र युएई पुर्‍याउने  र केही समय त्यही काममा लगाइ अनौपचारिक रुपमा साउदी ल्याउने गरेको पाइएको छ।  यहाँ घरमालिकले  केही वर्ष काममा लगाई  बिना सेवा सुविधा अलपत्र पारेका घटना तमाम छन्।  अलपत्र परेपछि उनीहरु नेपाली समुदाय र दूतावासकहाँ आउने गरेको पाइएको छ।

भारतीय बाटोहुँदै प्रत्येक महिना ठूलो संख्यामा नेपाली महिला खाडी मुलुक पुग्ने गरेका छन् । घरेलु कामदारको रूपमा आउने अधिकांश महिलाले यतिखेर अवैध बाटो प्रयोग गर्ने गरेका छन् । कतिपय महिला श्रम स्वीकृति लिँदा फरक काम देखाउने र खाडी मुलुकमा पुगेपछि घरेलु कामदार बन्न थालेको पाइएको छ ।  साउदी अरेबिया पुग्ने र अलपत्र पर्ने अधिकांश महिला कामदार कुवेत  युएई बाटो हुँदै साउदी  पुगेका छन् ।

साउदी अरेबिया कसरी पुग्छन् महिला कामदार  ?

विशेषरुपमा महिला कामदारलाई विभिन्न प्रोभोलन देखाइ बैदेशिक रोजगारीमा लाने गरेका खुलेको छ। तीन वर्ष अगाडि रोजगारीका लागि ५० हजार नेपाली रूपैयाँ तिरेर धनगढी र रसुवाका दुई महिला भारतहुँदै कुवेत पुगे।

दुबैलाई नेपालबाट म्यानपावर कम्पनीले कुवेतको एक सरकारी अस्पतालमा सरसफाइको काममा लगाइने दिने भनेर पठाएको थियो । तर, दुबै  कुवेत पुगेपछि नेपालमा म्यानपावरसँग गरेको सम्झौताअनुसारको काम पाएनन् । नेपालबाट अस्पतालमा क्लिनर भनेर म्यानपावरले कुवेत पठायो तर,कुवेत पुगेपछि घरमा काम गर्न बाध्य भए।

कुवेत पुगेको २० दिनपछि  उनीहरुलाई एजेन्टले अस्पतालको साहु भनेर अर्कै मान्छेसँग पठाइदियो।  अनि उनलाई साहुले सिधै घरमा लिएर गएपछि आफू अस्पतालमा क्लिनरको रुपमा नभइ घरेलु कामदारका रुपमा एजेन्टले पठाएको पत्तो पाए।

घरमा काम गर्दै जाँदा उनीहरूलाई घर मालिकले शारीरिक शोषण गर्न थाले । अनावश्यक यातना दिन थालेपछि उनीहरूले त्यहाँबाट भाग्ने सोच बनाए। उनीहरु भन्छन्,'  आफूहरुमाथिको शोषणको विरोध गर्दा पेटी फुकालेर मालिकले पिट्ने गर्थे।'

सहन नसकेपछि उनीहरूले मध्यराति घर छाडे। आफूहरुलाई काममा लगाउने एजेण्डकहाँ पुगे। पुनः एजेण्डले विभिन्न बहाना बनाएर  साउदीको एक राम्रो हस्पिटलमा काम लगाउने र तलब  तथा सेवा सुविधा राम्रो भनेर भिजिट भिषा लगाएर साउदी अरेबिया पठायो। तर साउदी पुगे लगत्तै पुनः घरेलु कामदारको रुपमा काम गर्नुपर्ने भयो।  

हाल खाडी मुलुकलगायत साउदीमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेका छन् । तर, खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको  छ । 

साथै  वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिला झनै जोखिममा पर्ने गरेको छन् । पुरुषको तुलनामा वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या पनि कम छ। यहाँ महिलाका मुद्दा सधैं ओझेलमा पर्ने गरेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.