म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा

म्यान्माका करिब ३०० सैनिक भागेर भारतमा
सुन्नुहोस्

गुवाहाटी :  सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीन सय मान्माका सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले जनाएका छन्। म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग विद्रोही समूहले सशस्त्र आन्दोलन गरिरहेको छ।

गत नोभेम्बरमा अराकान आर्मी (एए)ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र ६ वटा सैन्य अखडा कब्जा गरेको बताएको थियो।

आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, ‘हतियार र गोलाबारुदसहित कुल २ सय ७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन्।’ उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएको उनले बताए। ‘आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ’, उनले भने। 

अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा संकलन गरिरहेको छ। उनीहरूलाई म्यान्मा फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौं सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.