जता ठूलो भीड देख्यो, उतै जान्छु म त
धन–दौलत देखें भने देशै बेच्छु म त
जुन जाति–धर्म देख्यो, उही हँु भन्छु म त
सरकार पुगें भने ऐले जन्मै भुल्छु म त
भोकमरीमा पुगें भने भोकै बन्छु म त
सुरुवाल खुस्क्या पत्तै हुन्न, भाषण गर्छु म त
- डिल्लीराम अधिकारी/ अरुण–७, भोजपुर