उदयपुरमा  लागूऔषध छाड्नेको संख्या बढ्दै

उदयपुरमा  लागूऔषध छाड्नेको संख्या बढ्दै
सुन्नुहोस्

उदयपुर : उदयपुरमा लागूऔषध त्याग्नेको संख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयले लागूऔषध विरुद्ध ‘लागूऔषध सेवन नगर्ने मैले दृढता गरे' अभियान थालेसँगै त्याग्नेको संख्या बढेको हो। 

एसपी रमेश थापाका अनुसार अभियानमार्फत हालसम्म १४० जना सेवनकर्ताले लागूऔषध त्यागिसकेका छन्। उनले भने, ‘यो अभियानको दिन मात्र त्याग्ने हैन, त्यसपछि पनि हामी सबैका घर–घरमा जनप्रतिनिधिसहित पुगेका छौं। त्यसक्रममा अभिभावक, साथीहरू र उनीहरूसँग भेट्दा पुनः सेवन नगएको रिर्पोट पाएका छौं। यसरी नै आठ वटै पालिकामा अभियान सञ्चालन गर्ने योजना छ। यसलाई निरन्तरता दिने हो भने परिवर्तन सम्भव छ र आफ्ना सन्ततिलाई कुलतबाट जोगाउन सकिन्छ।' 

अभियान सञ्चालन भएको त्रियुगा नगरपालिकामा ५२, चौदण्डीगढीमा ४२ र कटारी नगरपालिकामा ४६ गरी हालसम्म १४० जनाले त्यागेको प्रहरीको तथ्यांकमा छ। यसैक्रममा कटारीमा आयोजित अभियानमा युवाहरूले अबदेखि लागूऔषध सेवन नगर्ने प्रतिबद्धता गरेका हुन्। उनीहरूले अभियान बोर्डमा हस्ताक्षरसहित लिखित प्रतिबद्धता जनाएका छन्। 

अभियानमा लागूऔषध सेवनकर्ता युवाहरू र उनीहरूको संगतमा परेकाहरूलाई जम्मा गरेर लागूऔषध सेवन नगर्न र त्यसबाट हुने हानी, नोक्सानी, कानुनी कारबाहीका बारेमा सचेतना दिने गरिएको डीएसपी हरिनन्दन चौधरीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.