राष्ट्रिपति रनिङ शिल्डको उपाधि बागलुङ नगरलाई

राष्ट्रिपति रनिङ शिल्डको उपाधि बागलुङ नगरलाई
सुन्नुहोस्

बागलुङ : १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ। बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १६ काश्यसहित कुल ६२ पदक जित्दै राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो। 

बागलुङ नगरले एथलेटिक्समा ४ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ भने भलिबलमा एक रजत, कबड्डीमा एक रजत, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत, ५ काश्य, उसुमा ७ स्वर्ण, ३ रजत, कराँतेमा ३ स्वर्ण ३ रजत र ६ काश्य पदक जितेको छ।

यस्तै ११ स्वर्ण सहित ३८ पदक जितेको बडिगाड गाउँपालिका दोस्रो भएको छ। बडिगाडले ११ स्वर्ण, १४ रजत र १३ काश्य गरि ३८ पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताए। 

बडिगाडले भलिबलमा एक स्वर्ण, कबड्डीमा २ स्वर्ण, तेक्वान्डोमा ४ स्वर्ण, २ रजत, २ काश्य, उसुमा २ स्वर्ण, ३ रजत, १ काश्य, कराँतेमा ३ स्वर्ण, ४ रजत र ३ काश्य र एथलेटिक्समा ५ रजत र ७ काश्य पदक जितेको छ।  

यस्तै काठेखोला गाउँपालिकाले २० पदक जित्दै तेस्रो भएको छ। काठेखोला गाउँपालिकाले ५ स्वर्ण, ६ रजत र ९ काश्य पदक जितेको छ। निसीखोला गाउँपालिकाले ४ स्वर्ण, १० रजत र ४ काश्य सहित १८ पदक जितेको छ।

जैमिनी नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ काश्य गरि १३ पदक जितेको छ। गलकोट नगरपालिकाले ३ स्वर्ण, ६ रजत र ८ काश्य सहित १७ पदक जितेको छ। ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, १ रजत र ५ काश्य सहित १२ पदक जितेको छ। 

ताराखोला गाउँपालिकाले ३ स्वर्ण, ८ रजत र १ काश्य सहित १२ पदक जितेको छ। बरेङ गाउँपालिकाले १ स्वर्ण, २ रजत र ५ काश्य गरि ८ पदक जितेको छ। तमानखोला गाउँपालिकाले एक काश्य मात्र जित्न सफल भएको छ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ४ सय बढी विद्यार्थीहरु सहभागी भएका थिए। प्रतियोगिताका स्वर्ण विजेता खेलाडीहरुले गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष खड्काले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.