मध्यरातमा महिलाको घरमा गई करणी गर्न खोज्ने पक्राउ

मध्यरातमा महिलाको घरमा गई करणी गर्न खोज्ने पक्राउ
सुन्नुहोस्

काठमाडौं : मध्यरातमा महिलाको घरमै गएर जबर्जस्ती करणी गर्ने खोज्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यान घर भई काठमाडौंको मित्रनगर बस्ने २९ वर्षीय विक्रम थापालाई पक्राउ गरेको हो।

उनले गत पुस १६ गते राति १२ बजे ती महिलाको घरमै गएर जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जानकारी दिएको छ। प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार पीडित महिलाले प्रतिकार गर्दा थापाले कुटपिटसमेत गरेका थिए।

वैदेशिक रोजगारमा ठगी गरेको अजय थापालाई खोज्ने क्रममा विक्रम थापाको मोबइलमा शंकास्पद् गतिविधि देखिएको प्रहरीको भनाइ छ। उनीविरुद्ध सल्यानमा मुद्दा रहेको थप कारकाहीका लागि सल्यान पठाइएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.