म्यानमारको सैनिक विमान भारतको मिजोरममा दुर्घटना

म्यानमारको सैनिक विमान भारतको मिजोरममा दुर्घटना
सुन्नुहोस्

काठमाडौं : म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ। मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो।

घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ। 

विद्रोहीको आक्रमणबाट बच्नका लागि गत १७ जनवरीमा म्यानमारका २७६ सैनिक भारतभित्र प्रवेश गरेका थिए। उनीहरू भारत प्रवेश गरी असम राइफल्ससँग शरण मागेको मिजोरम प्रहरीले जानकारी दिएको छ। तीमध्ये १८४ जनालाई सोमबार म्यानमार फर्काइएको थियो। बाँकी ९२ जनालाई आज फिर्ता लैजाने तयारी थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.