धनगढीमा घरको ५ औं तलाबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या

धनगढीमा घरको ५ औं तलाबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या

धनगढी : धनगढीमा एक व्यवसायीले आफ्नै घरको पाँचौं तलामाथिबाट हाम्फालेर आत्महत्या गरेका छन्। नयाँ बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आफ्नै घरको तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

बुधबार बिहान करिब साढे ११ बजेतिर उनले हाम्फालेका हुन्। घरायसी विषयमा विवाद भएपछि हाम्फालेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले  आफ्नै घरको छतबाट हाम्फालेका अग्रवालको घटनास्थलमै मृत्यु भएको बताए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

उनी श्रृंगारको व्यापार गर्दै आएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.