चुरे क्षेत्रमा खयरको काँचो काठ तस्करी

चुरे क्षेत्रमा खयरको काँचो काठ तस्करी
सुन्नुहोस्

रौतहट : चुरेको बनबाट बहुमूल्य जातका खयरका काँचा रुख काटिएको छन्। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा एक दर्जन बढी संख्यामा बहुमूल्य जातका खयरका रुख काटिएको भेटिएको हो।

डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटको क्षेत्रमा पर्ने चुरेको वनबाट बहुमूल्य जातका खयरका रुखहरू काटिएको हो।जुडिबेला सव डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको वनमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन्।

चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलिया बनाई अग्लो पहाडबाट खोलामा झारी त्यहाँबाट काठ तस्करले लैजाने गरेको स्थानीयको भनाइ छ। 

रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई धेरै रुख काटिएको बारेमा जानकारी नभएको बताएका छन्। सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.