नेपाली डिजिटल बैंकिङ क्षेत्रको रूपान्तरणको प्रयासमा लक्ष्मी सनराइज बैंक

नेपाली डिजिटल बैंकिङ क्षेत्रको रूपान्तरणको प्रयासमा लक्ष्मी सनराइज बैंक
सुन्नुहोस्

काठमाडौं : लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा  ‘ओरेन्ज एनएक्सटी’ को थालनी  गरेको छ। 

एफवान सफ्ट अन्तर्गतको ‘फोन एनएक्सटी’सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ। ‘ओरेन्ज एनएक्सटी’ले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल-बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरु प्रदान गर्नेछ। 

ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउनेछ। लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको  डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा  ‘ओरेन्ज एनएक्सटी’ कोशेढुङा साबित हुन सक्छ। 

परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै ‘ओरेन्ज एनएक्सटी’ मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ। 

‘फोन एनएक्सटी’का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले  ‘ओरेन्ज एनएक्सटी’ को विकास गरिएको हो। परिकल्पनात्मक सोचबाट प्रेरित यस  ‘ओरेन्ज एनएक्सटी’ ले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने विश्वास रहेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.