सौर्य ऊर्जा उत्पादनमा द सोल्टी काठमाडौं र घाम पावर कम्पनीबीच सहकार्य

सौर्य ऊर्जा उत्पादनमा द सोल्टी काठमाडौं र घाम पावर कम्पनीबीच सहकार्य
सुन्नुहोस्

काठमाडौं : सौर्य ऊर्जा उत्पादनमा द सोल्टी काठमाडौं र घाम पावर कम्पनीबीच सहकार्य भएको छ। सोल्टी होटल लिमिटेडको दि सोल्टी काठमाडौं र घाम पावर नेपालको सहकार्यमा सोल्टी होटेलका भवनहरूको छत तथा पार्किङ क्षेत्रको उपलब्ध स्थानहरूमा ५०६ किलोवाट पीक क्षमताको सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरेर सौर्य ऊर्जा उत्पादन तथा उत्पादित सौर्य ऊर्जा होटेलमा आपूर्ति गर्ने कार्य सुरु गरेका छन्। 

सौर्य ऊर्जा प्रणालीको ऊर्जा उपभोग तथा प्रयोगको रणनीतिक पहलबाट होटेलले साविक रुपमा यसअघि खपत गर्ने गरेको १९६ किलोलिटर डिजेल पूर्णत विस्थापित भएको छ। साथै, सौर्य ऊर्जा परियोजनाको सफल कार्यान्वयन भएसँगै होटेलले आगामी १५ वर्षमा उल्लेख्य रुपमा ९९५ टन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने भएको छ। 

सोल्टी होटेलको दी सोल्टी काठमाडौं र घाम पावरले संयुक्त रूपमा 'मेकिंग ग्रीनर सिटीज टुगेदर' नामक कार्यक्रम दी सोल्टी काठमाडौंमा आयोजना गरेका छन्। जसले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्नमा महत्वपूर्ण सघाउ पुऱ्याउनेछ। 

कार्यक्रमको नेपालको राष्ट्रिय पावर ग्रिडको विश्वसनीयतालाई बलियो बनाउन कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्दै घटाउन तथा डिजेल जस्ता वातावरणीय हानिकारक विकल्पहरूलाई विस्थापित गर्दै उद्योगहरुमा ऊर्जा खपतको लागत प्रभावी र स्थायी रुपमा वैकल्पिक ऊर्जा प्रयोगबाट प्रतिस्थापन गर्दै स्थायी समाधान खोज्ने र नवीकरणीय सौर्य ऊर्जा तर्फ ध्यानाकर्षण गराउने मुल उद्देश्य रहेको थियो। उक्त कार्यक्रममा ऊर्जा सरोकारवाला पक्षहरु, सरकारी निकायहरू, अन्तर्राष्ट्रिय र राष्ट्रिय वित्तीय संस्थाहरू, नवीकरणीय ऊर्जा संस्थाहरू, र सार्वजनिक र निजी कम्पनीहरूको उपस्थिति थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.