भन्सार छलीका सामग्री बरामद

भन्सार छलीका सामग्री बरामद
सुन्नुहोस्

धरान : भन्सार छलेर भारतबाट सुनसरी ल्याउँदै गरेको सामग्री बरामद भएको छ। भन्सार छली गरी नेपाल भित्राइएका किराना सामान, लत्ताकपडा, सुर्ती, प्याज लगायतका समानहरू सशस्त्र  प्रहरीले बरामद गरेको हो। 

सशस्त्र प्रहरीले ४ लाख १३ हजार ६५० रुपैयाँ  बराबरको भन्सार छलीको सामान र तस्करीमा प्रयोग गरिएको एक थान मोटरसाइकल  बरामद गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए। 

बरामद गरिएका सामानहरू सुनसरी मुल भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ। चोरी तस्करी र अवैध कारोबार नियन्त्रण गर्न सुनसरीको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर,  कप्तानगंज, श्रीपुर,  उल्टी, साहेबगंज र सुरक्षा बेश भुटाहाबाट चौबिसै घण्टा सशस्त्र प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक तुम्बाहाम्फेले बताए ।

यसैगरी शनिबार ३३ किलो गाँजा परालको कुन्यौमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.