अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
काठमाडौं : अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका २० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर बैंकिङ कसुर सजाय ऐन,२०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।