पाइपलाइनमा ४ दर्जन प्राथमिक सेयर निष्कासन

पाइपलाइनमा ४ दर्जन प्राथमिक सेयर निष्कासन

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)मा चार दर्जनभन्दा बढी कम्पनीको प्राथमिक सेयर निष्कासन रोकिएको छ। गत पुस २१ गते बोर्ड (सेबोन)को अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि करिब २४ दिनदेखि पद रिक्त छ।

अध्यक्ष नहुँदा नीतिगत व्यवस्थादेखि, लाइसेन्स र आईपीओ निष्कासनलगायतका काम ठप्प छ। ठप्प भएयता हालसम्म विभिन्न कम्पनीको आईपीओ पाइपलाइनमा चरणगत प्रक्रियामा रहेकाको मात्रै १६ करोड १२ लाख ८२ हजार ३ सय ३७ कित्ता सेयर संख्या रहेको छ। यो स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न इच्छुक भएका कम्पनीको सेयर संख्या हो। 
यद्यपि नयाँ अध्यक्ष नियुक्त नहँुदासम्मलाई दैनिक कार्य सञ्चालन प्रभावित भएकाले अर्थ मन्त्रालयले यसको जिम्मेवारी सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई गत माघ ८ गते जिम्मेवारी दिएको थियो। अध्यक्ष नियुक्त नभएसम्म दैनिक कार्य सञ्चालनका लागि अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय जिम्मेवारी दिएको थियो।

अध्यक्ष नहुँदा दैनिक प्रशासनिक काममा समेत असर नपुगोस् भनेर ढिलै भए पनि मन्त्रालयले बोर्डलाई चलायमान बनाउन डा.अधिकारीलाई कार्यभार सुम्पियो। डा. अधिकारीलाई बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्वदेखि बोर्ड सञ्चालक समितिको बैठकसमेत बोलाउन सक्ने अधिकार दिइएको छ। तर नीतिगत निर्णय गर्ने अधिकार भने उनको हुँदैन, यसमा नयाँ अध्यक्ष नै आउनुपर्ने हुन्छ। उनलाई पूर्ण अधिकार नभएकाले यतिबेला आम सर्वसाधारणको चासोमा रहने दर्जनौं प्राथमिक सेयर निष्कासन पाइपलाइनमै रोकिएको छ। 

सेबोनका अनुसार माघ १२ गतेसम्ममा ५५ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढेको छैन। यसअन्तर्गत प्रारम्भिक सर्वसाधारण सेयर (आईपीओ) मात्रै २९ ओटा छ। अझै पछिल्लो हप्ता दुई वटा आईपीओ निष्कासनको आगि आवेदन परेको बोर्डले जनाएको छ। यसैगरी वैकल्पिक सर्वसाधारण सेयर (एफपीओ) ५ ओटा, हकप्रद ९ ओटा, डिबेन्चर ५ ओटा र सामूहिक लगानी कोषका ७ ओटा कम्पनीको अनुमति रोकिएको छ। 

यसैक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षको कार्यभार सम्हालिरहेका डा. नवराज अधिकारी लामो समयदेखि नयाँ अध्यक्ष नियुक्त नहुँदा नीतिगत निर्णयदेखि आईपीओ, हकप्रद निष्कासनको अनुमति रोकिएको बताउँछन्। किनभने लाइसेन्स दिने अधिकार पनि अध्यक्षको मात्रै हुन्छ। बोर्डमा लामो समयदेखि वस्तु विनिमय बजारसम्बन्धी लाइसेन्स दिने काम पनि अड्किएकै छ। बोर्डमा डा. अधिकारीलाई सीमित अधिकार मात्रै दिइएको छ। प्रशासनिक काम, सञ्चालन खर्च, भएका साधारण कामलाई अघि सार्ने कामको जिम्मा छ। तर लामो समयदेखि अध्यक्ष नहँुदा र आफूलाई पनि अधिकार नदिएकाले पाइपलाइनमा आईपीओ थुप्रिएको उनले बताए। ‘आईपीओ निष्कासनको प्रक्रियागत निर्णय, छलफल सञ्चालक समितिको बोर्ड बैठकमा लानुपर्छ। 

अहिले यो विषय रोकिएको छ। २९ वटा आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनी पेन्डिङमा छन्। यद्यपि अझै पछिल्लो हप्ता १–२ वटा थपिएका छन्,’ डा. अधिकारीले अन्नपूर्णसँग भने। निवर्तमान अध्यक्ष हमालको कार्यावधि सकिनुअघि गत असार ३ गतेदेखि सेयरको अनुमति दिने प्रक्रिया रोकिएको उनले बताए। नयाँ अध्यक्ष नियुक्त नहुँदासम्म यी सबै आईपीओ निष्कासन रोकिनेछ।

यद्यपि सेबोनले पछिल्लो समय आईपीओ अनुमतिमा गत कात्तिकदेखि कडाइ गर्दै आएको छ। कडाइपछि मुस्किलले १–२ कम्पनीले अनुमति पाए। जसअन्तर्गत निवर्तमान अध्यक्ष हमालले बुक बिल्डिङ प्रक्रियामार्फत रिलायन्स स्पिनिङ मिल्सको निष्कासन अनुमति दिएका थिए। यसपछि कुनै कम्पनीले पनि अनुमति पाएका छैनन्। अझै नयाँ अध्यक्ष कहिले आउने टुंगो नदेखिएकाले अनुमति लम्बिने अनुमान गर्न सकिन्छ। किनभने सरकारले नयाँ अध्यक्ष नियुक्तिका लागि तयारी गरिरहेको भनिए पनि अहिलेसम्म विज्ञापन निकालेको देखिएको छैन। 

  •     सेबोन अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा अनुमतिको पर्खाइमा 
  •     आईपीओको पर्खाइमा २९ कम्पनी, हाइड्रोपावर अधिक
  •     आईपीओको पाइपलाइनमा १६ करोड १२ लाख बढी कित्ता सेयर 

नेपाल धितोपत्र बोर्डको अध्यक्षको छनोट तथा सिफारिससम्बन्धी कार्यविधिअनुसार अध्यक्ष चयनको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गत दुई हप्ताअघि नै गठन भएको थियो। अघिल्लो मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको सिफारिस समितिले अझै छनोट प्रक्रियाको पहिलो चरण पनि सुरु गरेको देखिँदैन। 

बोर्डको रिक्त अध्यक्ष पदपूर्तिको लागि १५ दिनको म्याद राखी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा दुई पटक सूचना निकाल्नुपर्ने नेपाल धितोपत्र बोर्डको अध्यक्षको छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा उल्लेख छ। यो चरणपछि अन्तर्वार्ता गरेर समितिले तीन जनाको नाम सिफारिस गर्नु पर्नेछ। मन्त्रिपरिषद् बैठकमार्फत तीनमध्ये एक जनालाई अध्यक्षमा नियुक्ति दिइने व्यवस्था छ। यी सबै कामका लागि करिब डेढ महिनादेखि दुई महिना लाग्न सक्ने अनुमान गरिएको छ। यदि बोर्डको अध्यक्षले मात्रै पाइपलाइनमा रहेका सेयरलाई अन्तिम अनुमति दिने हो भने धेरै समय रोकिने देखिन्छ। 
प्राथमिक सेयर निष्कासनको पर्खाइमा 

५५ कम्पनी

आईपीओका लागि आवेदन परेको तर हाल रोकिएकामध्ये हाइड्रोपावर कम्पनीहरूको संख्या अधिक छ। स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निकाल्न १४ कम्पनी पाइपलाइनमा छन्। यसैगरी होटल तथा पर्यटनसम्बन्धीका दुई वटा कम्पनी, म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङका चार कम्पनी, इन्भेस्टमेन्टको एउटा र अन्य आठ वटा कम्पनी आईपीओको पाइपलाइनमा अल्झिएका छन्। समग्रमा आईपीओ पाइपलाइनमा रहेका कम्पनीमा डिस मिडिया नेटवर्क (सर्वसाधारणका लागि), यम्बलिङ हाइड्रोपावर लि. (स्थानीय र सर्वसाधारणका लागि), एपेक्स हस्पिटालिटी लि.( सर्वसाधारणका लागि), एसवाई प्यानल नेपाल लि.(सर्वसाधारणका लागि), अर्किड होल्डिङ्स लि. (सर्वसाधारणका लागि), विकास हाइड्रोपावर कम्पनी (स्थानीय र सर्वसाधारणका लागि), रिज लाइन इनर्जी लि. (स्थानीय र सर्वसाधारणका लागि), लाफिङ बुद्ध पावर नेपाल लि. (स्थानीय र सर्वसाधारणका लागि), हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्सरी लि. (ह्याम्स) (प्रिमियमसहित सर्वसाधारणका लागि), शौर्य सिमेन्ट इन्डन्ट्री लि. (प्रिमियमसहित स्थानीय र सर्वसाधारणका लागि), अन्नपूर्ण केबलकार (स्थानीय र सर्वसाधारणका लागि), वरुण इन्भस्टमेन्ट लि. (सर्वसाधारणका लागि), मारुती सिमेन्ट लि. (प्रिमियमसहित स्थानीय र सर्वसाधारणका लागि) र बेनी हाइड्रोपावर प्रोजेक्ट लि. (स्थानीय र सर्वसाधारणका लागि) रहेको छ। यसैगरी क्रमशः एकर्ड फर्मास्युटिकल्स लि., ट्रेड टावर लि.(सर्वसाधारणका लागि), सानिमा हाइड्रोपावर लि. (स्थानीय र सर्वसाधारणका लागि), कान्तिपुर टेलिभिजन नेटवर्क (सर्वसाधारणका लागि), आईएमई लि. (सर्वसाधारणका लागि), भुजुङ हाइड्रोपावर लि. (स्थानीय र सर्वसाधारणका लागि), जगदम्बा स्टिल लि. (प्रिमियमसहित स्थानीय र सर्वसाधारणका लागि), सोलु हाइड्रोपावर लि. (स्थानीय र सर्वसाधारणका लागि), सान्भी इनर्जी लि. (स्थानीय र सर्वसाधारणका लागि), हिम स्टार ऊर्जा कम्पनी लि. (स्थानीय र सर्वसाधारणका लागि), रिचेत जलविद्युत् कम्पनी लि. (स्थानीय र सर्वसाधारणका लागि), 
होटल फरेस्ट इ.लि., मबिलुङ इनर्जी लि. (स्थानीय र सर्वसाधारणका लागि), टक्सार पिखुवा खोला हाइड्रोपावर (स्थानीय र सर्वसाधारणका लागि), दरमखोला हाइड्रोपावर इनर्जी लि.(स्थानीय र सर्वसाधारणका लागि) रहेका छन्।

 null

यसैगरी वैकल्पिक सर्वसाधारण सेयर (एफपीओ)को आवेदन दिएर पाइपलाइनमा रहेका पाँच कम्पनी छन्। यसअन्तर्गत नयाँ सारथि लघुवित्त, समता घरेलु लघुवित्त, किसान लघुवित्त, सूर्योदय ओमी लघुवित्त र माहुली लघुवित्त वित्तीय संस्था रहेका छन्। यस्तै, हकप्रदको पाइपलाइनमा ९ कम्पनी छन्। जस्मा, लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत्, वरुण हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन र हिमालयन ऊर्जा विकास कम्पनी रहेको छ। यसैगरी, डिबेन्चरको पाइपलाइनमा रहेका पाँच कम्पनीमा नेपाल बैंक, सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र कामना सेवा विकास बैंक रहेका छन्। त्यसैगरी सामूहिक लगानी कोषको पाइपलाइनमा ७ कम्पनी अनुमतिको पर्खाइमा छ। यसअन्तर्गत नबिल म्युचुअल फन्ड, ग्लोबल आईएमई, सानिमा, मुक्तिनाथ, मेगा, एनएमबी र प्रभु म्युचुअल फन्ड रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.