अपराधमा प्रहरी संलग्नता बढ्दै

अपराधमा प्रहरी संलग्नता बढ्दै
सुन्नुहोस्

काठमाडौं : सत्यसेवा र जनताको सुरक्षाको जिम्मा लिएका प्रहरी पनि अपराधमा संलग्न हुने गरेका छन्। चेन अफ कमान्ड र कडा अनुशासनको घेराभित्र रहने प्रहरी अपराधमा संलग्न भएका घटना यी भने नौला होइनन्। समाजमा हुने विभिन्न अपराधमा संलग्न हुने प्रहरीको संख्या उल्लेख्य छ। 

प्रहरीमाथि कहिले अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारमा मुद्दा परिरहेको हुन्छ त कहिले आपराधिक गतिविधिमा लागेको आरोपमा पक्राउ परेका हुन्छन्। उनीहरू कहिले सुन तस्करीमा मुछिएका हुन्छन्, त कहिले कालोबजारीसँग मिलेर लुटपाट मच्चाइरहेका हुन्छन्।

प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार आव २०७८ देखि हालसम्म ४२ जना प्रहरी कर्मचारी विभिन्न अपराधमा मुछिएर कारबाहीमा परेका छन्। जसमध्ये कर्तव्य ज्यान मुद्दामा ४ जना, आत्महत्या दुरुत्साहनमा ३ जना, लागुऔषधमा १० जना, कुटपिटमा ३ जना, डाका चोरीमा २ जना, सरकारी छाप कीर्तेमा १ जना र जबर्जस्ती करणी कसुरमा १६ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। 

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरी कर्मचारी अपराध कर्ममा मुछिनुलाई व्यक्तिगत व्यवहारको रूपमा बुझ्छन्। उनी भन्छन्, ‘मान्छेको चरित्रअनुसार अपराध कर्ममा लाग्ने गर्छन्। लोभ, लालच र अहंकारमा पर्दा प्रहरी अपराध कर्ममा लाग्ने गर्छन्।’ पद र राज्यले दिएको जिम्मेवारी पूरा नगरी व्यक्तिगत लाभमा लाग्ने प्रहरीलाई संगठनले माफ नगर्ने उनको तर्क थियो। हुन त अपराध गर्ने छुट कसैलाई छैन। तर अपराध अनुसन्धान गर्ने र समाजमा शान्ति सुरक्षा प्रवाह गर्ने जिम्मा पाएको प्रहरीलाई झन् क्षणिक लाभका लागि अपराध कर्ममा लाग्नु अक्षम्य गल्ती हो। 

प्रहरी प्रवक्ता ढकाल भन्छन्, ‘प्रहरीलाई गल्ती गर्ने छुट नै छैन। जानाजान गल्ती गर्छ र प्रहरी सेवामा हुँदा सही आचरणमा नबस्ने जो कोहीलाई कानुनी कारबाही गरिनेछ। संगठनभित्र नैतिक आचरणका सिकाउन विभिन्न कार्यक्रमहरू लागु भएका छन्। तनाव नियन्त्रणका लागि मनोसामाजिक परामर्श सेवासमेत संगठनमा सुरु भएको छ। हरेक प्रहरी कार्यालयमा अधिकृत स्तरीय छलफल परामर्श तथा व्यक्तिगत समस्या सुन्ने र सुनाउने कार्यक्रमसमेत संगठनले चलाएको छ। अपराधविरुद्ध प्रहरी आक्रामक भएर लागेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.