रौतहटमा ट्राफिक नियम उलंघन गर्ने १० हजार बढी सवारी साधनमाथि कारवाही

रौतहटमा ट्राफिक नियम उलंघन गर्ने १० हजार बढी सवारी साधनमाथि कारवाही
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट :  जिल्लामा नियम विपरित चल्ने सवारी साधनमाथि प्रहरीले निगरानी बढाएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधन र कागजपत्र चेकजाँचलाई तीव्र पारेपछि सवारी साधन धमाधम कारवाहीमा परेका हुन्। यसबाट राजश्व पनि बढेको छ।

रौतहट ट्राफिकले चालु आर्थिक वर्षको  ६ महिनामा ट्राफिक नियम विपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ।जिल्लामा रहेका प्रहरीको विभिन्न युनिटले गत साउन महिनामा नियम विपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९ सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कारवाही गरेको हो।

गत साउनदेखि पुस मसान्तसम्म  ६ महिनाको अवधिमा नियम विपरित चलेका १० हजार ४ सय ५९ सवारीसाधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी  निरीक्षक सुशील आचार्यले बताए। सो अवधिमा जिल्लामा भएको ३ सय २ वटा सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै उक्त दुर्घटनामा परेर ४ सय ७२ जना  घाइते भएको तथ्याङकमा उल्लेख छ । सवारी दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्लामा  विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना समेत गरेको छ । साउनदेखि पुस मसान्तसम्म जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको ८ सय ७९ वटा कार्यक्रममा सवारीचालक, यात्रु, सर्वसाधारण गरी कूल ३७ हजार ३ सय ९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सवारी ज्यान मुद्दा २४ वटा दर्ता भएकोमा १८ फर्छोट भइसकेका छन् भने  ६ वटाको अनुसन्धान जारी छ । सवारी नियम उलंघन गर्ने १० हजार ७ सय १ जना विरुद्ध कारवाही हुँदा ८५ लाख १७ हजार ५ सय राजस्व असुल गरिएको छ । 

रौतहटमा ६ महिनामा सवारी दुर्घटना ३ सय १२ वटा भएका छन्। जसमा २६ जनाको मृत्यु र ४ सय ५६ यात्रु घाइते भएका छन् ।  दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनहरुमा स्टिकर टाँसदेखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूला  हुडिङ बोर्ड राखिएको छ ।

जिल्लाको १८ वटै स्थानीय तहमा बढदो सवारीसाधनको चापलाई मध्यनजर गर्दै   गौर, बमनहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बंकुल मौलापुर, बिजयपुरलगायतको स्थानमा स्थायी ट्राफिक बिट स्थापना भएको ट्राफिक प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.