बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्सलाई क्यान्सर
फाइल तस्बिर।
सुन्नुहोस्

बेलायतका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ। प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ।

क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमबारबाट 'नियमित उपचार' थालेका छन्।

पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्व निर्वाह गर्ने छन्।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन्। 

आइतबार उनलाई स्यान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए।

उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए।

राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्नुको कारण अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले भएको बताइएको छ।

राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको क्रममा रानी कमिला एवं राजकुमार विलियमले उनका दायित्वहरू निर्वाह गर्ने छन्।

तर ७५ वर्षका राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक दायित्वलाई निरन्तरता दिने छन्।

आइतवार उनलाई स्यान्ड्रिङ्गमस्थित एउटा गिर्जाघरको प्रार्थनासभामा देखिएको थियो। त्यहाँ उनले भिडतिर हात हल्लाएका थिए।

एक साताभन्दा केही समयअघि लन्डनस्थित एउटा निजी अस्पतालमा प्रस्टेटको उपचार गराएका राजा चार्ल्स अहिले स्वास्थ्यलाभ गरिरहेका थिए।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.