हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले नौवटा च्यांग्रा मारेको छ।
स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्यांग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्यांग्रामध्ये नौ वटा च्यांग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्यांग्रा मारेको हो हिमचितुवाले खोरमा रहेका च्यांग्रालाई आक्रमण गर्दा नौ च्यांग्रा मारिएको र ६ वटा च्यांग्रा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए।
उनका अनुसार हिमचितुवाले एक च्यांग्रा पुरै खाइदिएको र अर्को एक च्यांग्रा हिमचितुवाले साथै लिएर गएको बताउ। हिमचितुवाको आक्रमणबाट जोगिएका ३६ च्यांग्रामध्ये बाँकी १९ वटा सुरक्षित रहेको छ।