होन्डाको ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक

होन्डाको ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : होन्डा ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक भएको छ। नेपालका लागि होन्डा ब्रान्डको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले मोटरसाइकल सार्वजनिक गरेको हो।

एसपी १२५ बीएसभीआई, १२५ सीसी हर्स पावर रहेको यस मोटरसाइकल बीएसभीआई प्रविधियुक्त रहेको छ। यसै कारणले ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय र भरोसायुक्त बनाउने कम्पनीको विश्वास छ।

मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने कम्पनीले जनाएको छ। आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिने हुँदा यात्रा अवधीभर चालकको मनोभावना प्रफुल्लित र सकारात्मक हुने छ।

कम्पनीका अनुसार ह्यान्डलमा रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकलाई सुरक्षाको प्रत्याभूति दिनेछ। एसपी १२५ मोटरसाइकलको प्रारम्भिक मूल्य २ लाख ७८ हजार ९०० रुपैयाँ छ।

सीमित अवधिका लागि तोकिएको यो मूल्यमा नजिकैको होन्डा शोरुम वा होन्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी खरिद वा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.