भारतको पटाका कारखाना विस्फोट, ११ जनाको मृत्यु

भारतको पटाका कारखाना विस्फोट, ११ जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँदिल्ली : भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य १७४ जना घाइते भएका छन् । 

भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ। घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स र सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, 'मानिसहरूको मृत्युले म दुःखी छु ।' उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए। 

कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् । 

मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको एक प्रहरीले टाइम्स अफ इन्डियालाई बताएका छन् । 'विस्फोटपछि भागदौडका क्रममा केही मानिसको मृत्यु भएको छ', स्थानीय प्रहरी अधिकारी अब्दुल रइस खानले अखबारलाई भने । 

भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् । 

सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.