पाकिस्तानमा आम निर्वाचन : मतदान जारी

पाकिस्तानमा आम निर्वाचन : मतदान जारी
सुन्नुहोस्

स्लामावाद : पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ।

कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ। एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। 

उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्बाधरूपमा जारी रहने बताए।

मतदानबाट आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ। 

पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकै दिन भइरहेको छ। आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन्। 

देशभर ९० हजार ६७५  मतदान केन्द्र स्थापना गरिएको छ भने आयोग, सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावको लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ।

कूल २६५ सीटका लागि हुने राष्ट्रिय निर्वाचनका लागि छ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पञ्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि ५९० वटा  सीटमा १२ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने घोषणा आयोगले गरेको छ। 

निर्वाचनको समयमा पाकिस्तानभर मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ। इमरान खानको पार्टी पीटीआईले सरकारको तानाशाही कार्य भएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.