एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी
सुन्नुहोस्

दोलखा : नेकपा एमाले दोलखाको दसौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। उनले पार्टीका नेता ईश्वरचन्द्र पोखरेललाई ९५ मतको अन्तरले पराजित गरे।

 
श्रेष्ठले तीन सय ३३ मत प्राप्त गर्दा पोखरेलले दुई सय ३८ मत प्राप्त गरे। निर्वाचनको क्रममा दुई कित्तामा विभाजित दोलखा एमालेमा श्रेष्ठलाई पार्टीको पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङको सर्मथन रहेको थियो भने पोखरेललाई पार्टीको पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज आनन्दप्रसाद पोखरेलको सर्मथन रहेको थियो। 

ईश्वरचन्द्र पोखरेल य अघि दुई पटक पार्टीको प्रमुख भइसकेका छन्। अध्यक्षका अर्का प्रत्यासी भरत दुलालले ३८ मत प्राप्त गरेका छन्। दुलाल पार्टीको नवौं जिल्ला अधिवेशनमा नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए।

त्यसैगरी पार्टीको उपाध्यक्ष, सचिव र महिला उपसचिवमा पनि पोलिटब्युरो सदस्य गुरुङ पक्षका उम्मेदवार नै विजयी भएका छन्। उपाध्यक्षमा आयोजक समितिका सहसंयोजक राजेन्द्र मानन्धर विजयी भएका छन्। मानन्धर तीन सय ३६ मत ल्याएर विजयी भए। उनको प्रतिद्वन्द्वी पूर्वसचिव हीराकुमार थोकरले दुई सय ६३ मत प्राप्त गरेका छन्। थोकर अहिले दोलखाको मेलुङ गाँउपालिकाका प्रमुख हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.