लुम्बिनी प्रादेशिक अस्पतालमा बाल सघन उपचार कक्ष सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल सघन उपचार कक्ष सुरु
सुन्नुहोस्

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बालबालिकाहरूको उपचारलाई लक्षित गर्दै ‘बाल सघन उपचार कक्ष’ (पीएसआइसीयू)को सुरुवात गरिएको छ। 

जटिल प्रकृतिका बालबालिकाहरूको उपचार सामान्य बिरामीहरूसँगै गर्न नपरोस् भन्नका लागि सघ कक्षको स्थापना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुदर्शन थापाले जानकारी दिए। कम तौल, श्वासप्रश्वास (दम) र विभिन्न संक्रमणको सिकार भएका बालबालिकाहरूको यहाँ राखेर उपचार हुने उनले बताए। 

सघन कक्ष सञ्चालन भएपछि बालमृत्युदरलाई कमी ल्याउने विश्वास गरिएको अस्पतालले जनाएको छ। हाल ६ वटा शय्यामार्फत सघन कक्ष स्थापना गरिएको थापाले जानकारी गराए। यहाँ २८ दिनदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरूको उपचार हुने समेत उनले बताए। 

प्रादेशिक अस्पतालमा दैनिक सयौँको संख्यामा बालबालिकाहरू उपचारका लागि आउने गर्छन्। अस्पताल परिसरभित्रै बर्थिङ सेन्टरमा शय्याको क्षमता समेत बढाइएको थापाले बताए। सघन कक्षको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन र अवलोकन गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.