पीपले र भगवतीमा सडक कालोपत्रे

पीपले र भगवतीमा सडक कालोपत्रे
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाको पीपले र भगवतीमा सडक कालोपत्रे भएको छ। रघुगंगा-३ पीपलेको रघुगंगा माविदेखि वडा नम्बर २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्रे र ढलान भएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जिनियर सञ्जय सुवेदीले पाँच किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र ५०० मिटर ढलान गर्ने काम सकिएको जानकारी दिए। ‘सात मिटरको चौडाइका दरले कालोपत्रे भएको छ,’ उनले भने ‘उकालो र बस्तीभित्र तीन ठाउँमा ५०० मिटर ढलान भएको छ।’ 

गत जेठ महिनाको अन्तिम सातादेखि सुरु भएको कालोपत्रे गर्ने काम गत महिना सकिएको थियो। डिलतर्फ खम्बा गाड्ने र साइडबार राख्ने काम जारी छ। निर्माण व्यवसायीले काम सकेर भुक्तानी मागेको छ। सडकको नापजाँच र अन्तिम मूल्याङ्कनको चरणमा रहेको कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले बताए।  

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम’ अन्तर्गत २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स-खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

२०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो। कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्या लगायतका कारणले ढिलाइ भएको एपेक्स-खड्का कृष्णका इञ्जिनियर रामु कँडेलले बताए। राहुघाटदेखि रघुगंगा माविको भवन अगाडिसम्मको करिब तीन किलोमिटर सडक आयोजनाबाट हटाइएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.